मंगलवार, फाल्गुन ५,२०८२ 10:36:33
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:36:33
Bizshala
Global IME Bank Limited

नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव

नेपाल लाइफ इन्स्योरेन्सद्वारा साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंसिर २६ गते बसेको सञ्चालक समितिको बैठकले २६ औं वार्षिक साधारण सभा डाकेको छ । उक्त सभा आगामी पुस १९ गते विरगञ्जमा रुहेको होटल भिष्वामा बिहान ९ बजेदेखि सुरु हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ५ प्रतिशत बोनस सेयर र १६.०५ प्रतिशत नगद लाभांश(बोनस सेयर तथा नगद लाभाशको करसहित)गरी कुल २१.०५ प्रतिशत लाभांशको विशेष प्रस्ताव पारित गरिनेछ ।  

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै, सभामा बोनस सेयर वितरणपश्चात जारी र चुक्तापूँजी वृद्धि हुने भएकोले कम्पनीको नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने र प्रबन्धपत्र र नियमावलीमा नियमनकारी निकायबाट कुनै संशोधन वा फेरबदल गर्न निर्देशन भएमा सोहीबमोजिम गर्ने सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

सभामा गत आवको वार्षिक प्रतिवेदन पारित गरिनुका साथै चालु आर्थिक वर्ष ८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने, र सर्वसाधारण सेयरधनीका तर्फबाट ३ जना संस्थापक सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै कम्पनीका लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य ठहरिनेछन् । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.