शनिबार, श्रावण २,२०८३ 04:02:38
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 04:02:38
Bizshala
Global IME Bank Limited

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँड सम्पन्न

माछापुच्छ्रे एसआईपी योजनाको इकाई बाँडफाँड सम्पन्न
New Office

काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड कोष प्रवद्र्घक तथा माछापुच्छ्रे क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एाबीएल सामूहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘माछापुच्छ्रे एसआईपी योजना’को इकाई बाँडफाँड भएको छ ।  

गत मंसिर १४ गतेदेखि १७ गतेसम्म निष्कासन गरिएको यो योजना पुस १ गते बाँडफाँड गरिएको हो । उक्त योजनाको बीज पुँजी सहित प्रतिइकाई अंकित मूल्य रु. १० दरको २ करोड इकाई निष्कासन गरिएको थियो । 

कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात ७५ लाख इकाई कोष प्रवद्धक र योजना व्यवस्थापकलाई छुट्टाइएको थियो । जसमध्ये १४ प्रतिशत अर्थात ७० लाख इकाई माछापुच्छ्रे बैंक र १ प्रतिशत अर्थात ५ लाख इकार्य माछापुच्छ्रे क्यापिटललाई सुरक्षित राखिएको थियो ।

उक्त अवधिभर निष्काशन गरिएको इकाई भन्दा अधिक इकाईका लागि आवेदन पर्न आएकोले आवेदनहरुको प्रशोधन गरी योग्य आवेदकहरुलाई बीज पूँजीसहित बाँडफाँड गरिएको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक माछापुच्छ्र्रे क्यापिटलले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.