आईतवार, फाल्गुन १७,२०८२ 07:33:18
Bizshala
  • आईतवार, फाल्गुन १७,२०८२ 07:33:18
Bizshala
Global IME Bank Limited

दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाण्डौमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु

दिगो पर्यटन प्रवर्द्धनका लागि काठमाण्डौमा खाद्य सुरक्षा तथा स्वच्छता तालिम सुरु
Shivam Cement

काठमाण्डौ । दिगो पर्यटन प्रवर्द्धनका लागि खाद्य सुरक्षाको महत्त्वलाई केन्द्रमा राख्दै खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम काठमाण्डौमा सुरु भएको छ । नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संयुक्त पहलअन्तर्गत सञ्चालित  दिगो पर्यटन परियोजना (एसटीपी) द्वारा रेष्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल (रेबान)सँगको सहकार्यमा उक्त तालिम आयोजना गरिएको हो ।

दिगो पर्यटन विकासका लागि खाद्य सुरक्षा र स्वच्छता अत्यन्तै आधारभूत र संवेदनशील पक्ष हो । यस विषयलाई नै केन्द्रमा राख्दै एसटीपीले पर्यटनसँग प्रत्यक्ष रूपमा जोडिएका होटल, रेष्टुरेन्टहरुलाई खानपान सेवाको गुणस्तर वृद्धि गर्न  पर्यटकको स्वास्थ्य, सन्तुष्टि र गन्तव्यप्रतिको विश्वास बढाउन तालिम सुरु गरिएको परियोजना प्रबन्धक धर्मराज दवाडीले बताएका छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

उनका अनुसार सुरक्षित र स्वच्छ खानपान सुनिश्चित गर्न सकिएन भने त्यसले पर्यटकको स्वास्थ्यमा जोखिम मात्रै होइन, देशको पर्यटन छवि र विश्वसनीयतामाथि पनि गम्भीर असर पार्न सक्छ ।

उनले थपे, ‘खाद्यजन्य रोग, अस्वच्छ भान्सा, गलत भण्डारण तथा तयारी प्रक्रियाले हुने समस्या पर्यटन क्षेत्रमा दीर्घकालीन नोक्सानीका कारण बन्न सक्छन् । त्यसैले अन्तर्राष्ट्रिय पर्यटक आकर्षित गर्न र उनीहरूको बसाइ अवधि लम्ब्याउन खाद्य सुरक्षालाई प्राथमिकतामा राख्नु अपरिहार्य छ । स्वच्छता र सुरक्षाका मापदण्ड पालना गर्ने गन्तव्यलाई पर्यटकहरूले सुरक्षित, जिम्मेवार र गुणस्तरीय गन्तव्यका रूपमा लिन्छन्, जसले पुनः भ्रमण र सकारात्मक प्रचारमा समेत योगदान पुर्‍याउँछ ।’

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसैले, खाद्य सुरक्षा तथा स्वच्छता सम्बन्धी तालिम र सचेतना कार्यक्रमहरू केवल प्राविधिक अभ्यास मात्र नभई नेपालको पर्यटनलाई दीर्घकालीन, विश्वासिलो र प्रतिस्पर्धी बनाउने रणनीतिक लगानीका रूपमा लिनुपर्ने परियोजना प्रबन्धक दवाडीले उल्लेख गरेका छन् । यस्ता पहलले नेपाललाई सुरक्षित, जिम्मेवार र दिगो पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

दुई दिने यो तालिम डिसेम्बर १८ देखि सुरु भएको हो । तालिममा रेष्टुरेन्ट सञ्चालक, व्यवस्थापन टोलीका सदस्य तथा सेफहरूको सहभागिता रहेको छ । तालिममा खाद्य सुरक्षा मापदण्ड, स्वच्छता अभ्यास, सुरक्षित खाना तयारी तथा पर्यटकमैत्री सेवा गुणस्तरका विषयमा विस्तृत प्रशिक्षण प्रदान गरिने छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.