आईतवार, कार्तिक १,२०८३ 03:05:06
Bizshala
  • आईतवार, कार्तिक १,२०८३ 03:05:06
Bizshala
Global IME Bank Limited

रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा परेको रिटमा उच्च अदालतद्वारा कारणदेखाऊ आदेश

Bizshala
रिलायन्स स्पिनिङ मिल्सको आईपीओको विषयमा परेको रिटमा उच्च अदालतद्वारा कारणदेखाऊ आदेश
New Office

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको विवादास्पद आईपीओ रोक्न माग गर्दै परेको रीटमा उच्च अदालत पाटनले कारण देखाऊ आदेश जारी गरेको छ ।  

केही सेयर लगानीकर्ताहरुले चौतर्फी मिलेमतो गरी सोझा लगानीकर्ता डूबाउने उद्देश्यले जबरजस्तीको शैलीमा रिलायन्सले आईपीओ जारी गरेको दाबीसहित परेको रीटमा उच्च अदालत पाटनबाट रिलायन्स स्पिनिङ मिल्स, नेपाल धितोपत्र बोर्ड र ग्लोबल आईएमई क्यापिटलको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

पाटन उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवरको एकल इजलासबाट त्यस्तो आदेश जारी भएको हो ।  

यसअघि लगानीकर्ताहरुले रिलायन्स स्पिनिङ मिल्सको आईपीओ ठगीधन्दा तथा त्यसमा मिलेमतोमा भएको ठूलो भ्रष्टाचारविरुद्ध सर्वोच्च अदालतमा हालेको रीट दरपीठ भएको थियो । सर्वोच्चले यससम्बन्धी आदेश भएको सम्बन्धित अदालतमै सो रिट फिर्ता पठाएपछि लगानीकर्ताहरु उच्च अदालत पाटन पुगेका थिए । सोहीअनुसार पाटनले कारण देखाऊ आदेश जारी गरेको हो ।  

रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको रोकिएको आईपीओ उच्च अदालत पाटनको एक अर्को आदेशलाई आधार देखाउँदै धितोपत्र बोर्डले शंकास्पद ढंगले निकै हतार–हतार निश्कासन प्रक्रिया सुरु गर्न ग्लोबल आईएमई क्यापिटललाई पत्र पठाएको थियो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

सेबोनका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले बोर्डमा छलफल नै नगरी पत्र पठाएपछि त्यो विवादित बन्न पुगेको थियो । त्यति मात्र होइन, रिलायन्सको आईपीओप्रति बोर्ड अध्यक्षले देखाएको अस्वभाविक फेभरका कारण उनी विवादित बन्न पुगेका छन् । यो प्रकरणमा उनीमाथि केही संगीन आरोपहरु लगाउँदै अख्तियारदेखि अर्थ मन्त्रालयसम्म उजुरीहरु परेका छन् । तिनै उजुरीहरुलाई आधार बनाई अर्थ मन्त्रालयले पुस १ गते एक पत्र पठाउँदै रिलायन्सको आईपीओ र त्यसको विषयमा उठेका प्रश्नहरुका विषयमा छानबिन गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा केही दिनअघि सेबोनले छानबिन समिति बनाइसकेको छ ।  

तीन सदस्यीय छानबिन समितिले काम समेत सुरु गरिसकेको अवस्थामा रिलायन्सले सर्वसाधारण लगानीकर्ताका लागि पुस ७ गतेदेखि निश्कासन गर्ने भनेको आईपीओ भने स्थगन गरेको छैन । आईपीओ स्थगन नगरी छानबिन समिति बनाउने निर्णयलाई लगानीकर्ताको तहबाट विरोधका स्वरहरुलाई मत्थर पार्न रचिएको सुनियोजित नाटकको संज्ञा दिइरहेका छन् ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.