काठमाण्डौ । एशियन हाईड्रोपावर लिमिटेडका सञ्चालक शम्भु प्रसाद फुयालको राजीनामा स्वीकृत भएको छ । पुस १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले फुयालको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
उनी सिई कन्स्ट्रक्सन लिमिटेडको तर्फबाट कम्पनीमा सञ्चालकको रुपमा प्रतिनिधित्व गर्दै आईरहेका थिए । सिई कन्स्ट्रक्सनले फिर्ता बोलाएका कारण फुयालले सञ्चालक पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।