शुक्रबार, जेष्ठ १,२०८३ 10:56:07
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 10:56:07
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

जेनजी आन्दोलनका कारण लगानी वातावरण कमजोर, पूँजी पलायन गम्भीर चुनौतीः पूर्व अर्थमन्त्री महत

Laxmi Sunrise Bank Limited
जेनजी आन्दोलनका कारण लगानी वातावरण कमजोर, पूँजी पलायन गम्भीर चुनौतीः पूर्व अर्थमन्त्री महत
Shivam Cement

काठमाण्डौ । पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पछिल्ला आन्दोलनहरूले नेपालको आर्थिक र लगानी वातावरणमा गम्भीर असर पारेको बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज राजधानीमा आयोजित ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’ विषयक सर्वपक्षीय राष्ट्रिय संवाद कार्यक्रममा सम्बोधन गर्दै उनले जेनजी आन्दोलनका कारण करिब दुई वर्षबराबरको बजेट प्रभावहीन बनेको दाबी गर्दै यसले व्यवसायीको मनोबल कमजोर बनाएको उल्लेख गरे।

महतका अनुसार नेपालमा लगानी गर्ने स्वदेशी लगानीकर्ताको संख्या निरन्तर घट्दै गएको छ भने स्वदेशी पूँजी ठूलो मात्रामा विदेश पलायन भइरहेको छ। ‘अहिले नेपालको लगानी बाहिर गइरहेको अवस्था छ, जुन देशका लागि अत्यन्तै दुःखद विषय हो,’ उनले भने, ‘विदेशी लगानी भित्र्याउने भन्दा पनि नेपाली पूँजी नै विदेशिनु अर्थतन्त्रका लागि गम्भीर संकेत हो।’

Bizshala
New Office
CG Motors

उनले नेपालको अर्थतन्त्र कमजोर अवस्थामा पुगेको भन्दै सामाजिक सञ्जालमार्फत फैलाइने नकारात्मक सूचनाले सर्वसाधारणमा निराशा र अस्थिरता बढाएको बताए। आन्दोलनले केही सकारात्मक परिवर्तन ल्याएको स्वीकार गर्दै उनले आन्दोलनको नाममा सरकारी तथा निजी संरचनामाथि हुने आक्रमण निन्दनीय भएको स्पष्ट पारे।

‘निजी क्षेत्रको मनोबल उच्च बनाउनु अत्यावश्यक छ,’ महतले भने, ‘आन्दोलनका नाममा संरचना तोडफोड, लुटपाट र आगजनी गर्नेहरूलाई कानुनको दायरामा ल्याउनुपर्छ। अन्यथा देशमा कुनै पनि व्यवसाय सुरक्षित महसुस गर्न सक्दैन।’

Garima Development Bank
Shivam Cement
IME remit

उनले व्यवसायिक संरचनामाथि हुने आक्रमणमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही गर्न सरकारसँग माग गरे। साथै, देशमा देखिएको राजनीतिक र आर्थिक अस्थिरताको समाधानका लागि आवश्यक परे संविधान संशोधन गरेर भए पनि अघि बढ्नुपर्ने धारणा व्यक्त गरे।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.