शुक्रबार, आश्विन २,२०८३ 10:48:25
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 10:48:25
Bizshala
Global IME Bank Limited

नाडाको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध

नाडाको नयाँ अध्यक्षमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध
New Office

काठमाण्डौ । नेपालको अटोमोबाइल व्यवसायीहरूको प्रमुख संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अध्यक्ष पदमा सुरेन्द्र कुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।

नाडाले जारी गरेको निर्वाचन तालिकाअनुसार अध्यक्ष पदका लागि मनोनयन दर्ताको अन्तिम मिति आज दिउँसो १२ बजेसम्म थियो। सो समयसीमाभित्र उप्रेतीबाहेक अन्य कुनै उम्मेदवारी नपरेपछि उनी स्वतः निर्विरोध भएका हुन्।

Shivam Cement
Bizshala
CG Motors

यसअघि नाडाका महासचिवको जिम्मेवारी सम्हाल्दै आएका उप्रेती स्पेयर पार्ट्स क्षेत्रका चर्चित व्यवसायी हुन्। उनी सिएट टायरको नेपालमा वितरक एसटीसी ग्रुपका प्रबन्ध निर्देशक छन्। हालै उनले केही ब्रान्डहरूसँग सम्झौता गरी इलेक्ट्रिक सवारीसाधनहरू नेपाल भित्र्याउने तयारी पनि गरिरहेका छन्।

Muktinath Bikas Bank Limited

केन्द्रीय कार्यसमिति सदस्यहरूको निर्वाचन आगामी जनवरी ९ (पुस २५) मा हुने कार्यक्रम रहेको छ। अन्य पदाधिकारी पदहरूमा पनि निर्विरोध हुने सम्भावना देखिएको छ भने यसबारे छलफल भइरहेको नाडा स्रोतले जनाएको छ।

कार्यसमिति सदस्य पदका लागि १७ सिट आवश्यक रहे पनि १८ जनाको मनोनयन परेको छ। स्रोतका अनुसार एक जनाले मनोनयन फिर्ता लिने सहमति भइसकेको छ जसले गर्दा निर्वाचन प्रतिस्पर्धा हुनेछैन।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.