आईतवार, असार १४,२०८३ 10:55:49
Bizshala
  • आईतवार, असार १४,२०८३ 10:55:49
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एशियन हाईड्रोपावरको दुई वटा सोलार आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो

Laxmi Sunrise Bank Limited
एशियन हाईड्रोपावरको दुई वटा सोलार आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धात्मक बोलपत्र प्रक्रियामार्फत छनोट गरेको एशियन हाइड्रोपावर लिमिटेडको संलग्नतामा दुईवटा ग्रिड–जडित सौर्य ऊर्जा आयोजना अघि बढाइएको छ। कम्पनीले प्राधिकरणबाट Letter of Intent (LOI) प्राप्त गरेसँगै आवश्यक प्रक्रिया पूरा गर्दै आयोजना विकासको काम तीव्र बनाएको जनाएको छ।

प्राधिकरणले मिति २०८० चैत २१ मा प्रकाशित बोलपत्रअनुसार सौर्य ऊर्जा आयोजनाका लागि विद्युत खरिद–बिक्री सम्झौता (PPA) गर्न छनोट भएका कम्पनीले Special Purpose Vehicle (SPV) को रूपमा छुट्टै कम्पनी स्थापना गर्नुपर्ने व्यवस्था गरेको थियो। सोही बमोजिम एशियन हाइड्रोपावर लिमिटेड समेत सेयरधनी रहने गरी दुईवटा SPV कम्पनी स्थापना भइसकेका छन्।

New Office
CG Motors
Garima Development Bank

पहिलो आयोजना अन्तर्गत Integrated Energy and Industrial Enterprises Pvt. Ltd. ले मधेश प्रदेशको धनुषा जिल्लास्थित मिथिला नगरपालिकामा ३० मेगावाट क्षमताको ‘ढल्केवर–२ सौर्य ऊर्जा आयोजना’ विकास गरिरहेको छ। 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यसैगरी, दोस्रो आयोजना अन्तर्गत Mithila Solar Energy Pvt. Ltd. ले मधेश प्रदेशकै सर्लाही जिल्लाको लालबन्दी नगरपालिकामा १० मेगावाट क्षमताको ‘हरिपुर सौर्य ऊर्जा आयोजना’ अगाडि बढाएको छ।

कम्पनीका अनुसार दुवै सौर्य आयोजनासम्बन्धी नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद–बिक्री सम्झौता (PPA) सम्पन्न भइसकेको छ। यी आयोजनाहरू सञ्चालनमा आएपछि राष्ट्रिय विद्युत प्रणालीमा थप स्वच्छ तथा नवीकरणीय ऊर्जा योगदान पुग्ने अपेक्षा गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.