काठमाण्डौ । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले सातौं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले आगामी फागुन १ गते सिमरामा रहेको होटल श्रेष्ठ रेसिडेन्सीमा अपरान्ह २ बजेदेखि सभा सुरु गर्ने निर्णय गरेको हो । उक्त सभामा कम्पनीको उद्देश्य थप गर्न प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा नियमनकारी निकायबाट कुनै संशाधेन गर्न निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिका तर्फबाट आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्तुत गरिने वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी माघ २२ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ माघ २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै सभामा सहभागी हुन योग्य हुनेछन् ।

