मंगलवार, श्रावण ५,२०८३ 11:40:47
Bizshala
  • मंगलवार, श्रावण ५,२०८३ 11:40:47
Bizshala
Global IME Bank Limited

आजबाट धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’,आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म

आजबाट धनगढीमा टाटाको ‘माघी एक्सचेन्ज उत्सव’,आकर्षक छुटदेखि लाइफ टाइम निःशुल्क चार्जिङसम्म
New Office

काठमाण्डौ । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ आजबाट सुरु भएको छ। माघ १ देखि ३ गतेसम्म धनगढीस्थित GARS ट्रेडिङमा सञ्चालन हुने यस उत्सवमा टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पञ्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन्। 

पर्वको अवसरमा जुनसुकै ब्रान्डको पुरानो गाडी साटेर नयाँ सवारी चढ्न चाहने ग्राहकका लागि यो उत्सव विशेष मौका बन्ने कम्पनीले जनाएको छ।

उत्सवमा सहभागी हुने ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित) एवं निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने कम्पनीले जनाएको छ । 

यस अभियानले ग्राहकलाई  आधुनिक प्रविधियुक्त र किफायती सवारी साधन छनोट गर्न सहज बनाउने कम्पनीको विश्वास छ। ग्राहकहरुले धनगढीको बोराडाडीस्थित GARS ट्रेडिङमा गएर टाटा मोटर्सले नयाँ तथा अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.