शुक्रबार, श्रावण १,२०८३ 02:11:44
Bizshala
  • शुक्रबार, श्रावण १,२०८३ 02:11:44
Bizshala
Global IME Bank Limited

कांग्रेसमा ‘ब्रेकथ्रु’ संवाद : महाराजगञ्जदेखि पार्टी कार्यालयसम्म सहमतिका संकेत

कांग्रेसमा ‘ब्रेकथ्रु’ संवाद : महाराजगञ्जदेखि पार्टी कार्यालयसम्म सहमतिका संकेत
New Office

काठमाण्डौ । नेपाली कांग्रेसमा लामो समयदेखि देखिँदै आएको आन्तरिक टकराव अन्त्य गर्ने निर्णायक घडी सुरु भएको छ। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले माघ २ गते आधिकारिक मान्यता दिएसँगै पार्टीभित्र मेलमिलाप र एकताको माहोल तीव्र रूपमा बन्न थालेको छ।

यसअघि विशेष महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै शेरबहादुर देउवा पक्षले सर्वोच्च अदालतमा रिट दायर गरे पनि आयोगको निर्णयपछि देउवा र शेखर कोइराला समूहसँग औपचारिक तथा अनौपचारिक संवादले गति लिएको छ। आइतबार राति सभापति थापा र देउवा निकट नेता रमेश लेखकबीच भएको लामो भेटले सहमतिको ढोका खुलेको संकेत दिएको छ।

संवाद प्रक्रियामा थापा समूहबाट रमेश धमला, सुवास पोखरेल र गेजाशर्मा वाग्ले सक्रिय छन् भने देउवा पक्षबाट पूर्णबहादुर खड्का, मीन विश्वकर्मा र नैनसिंह महर नियमित छलफलमा जुटिरहेका छन्। शेखर कोइराला समूहसँग पनि मिनेन्द्र रिजाल, गोविन्द पोखरेल र सुनील शर्मामार्फत निरन्तर समन्वय भइरहेको छ।

रमेश लेखकले आइतबार राति नै देउवा निवास महाराजगञ्ज पुगेर समूहलाई ब्रिफिङ गरेका थिए। सोमबार बिहान देउवा र कोइराला पक्षका नेताहरू महाराजगञ्जमा सामूहिक छलफलपछि सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग पुनः संवादमा बस्ने तयारीमा छन्।

सभापति थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै पार्टीभित्रको विवाद टुंग्याउन आजै निर्णायक सहमति निकाल्ने प्रतिबद्धता जनाएका छन्। “समयको चाप र कानुनी जटिलताले ढिलाइ भयो, तर अब सबैलाई समेटेर नयाँ र पुरानो नेतृत्वबीच सन्तुलन कायम गर्दै अघि बढ्छौं,” उनले भने।

उम्मेदवार छनोटबारे उनले तल्लो तहबाट छनोट गर्ने मान्यता भए पनि वर्तमान अवस्थामा पुरानै विधानअनुसार आएका १६५ निर्वाचन क्षेत्रका सिफारिसलाई न्यायपूर्ण ढंगले टुंग्याइने स्पष्ट पारे। उनले सबै नेता–कार्यकर्तालाई पार्टीको आधिकारिक रूख चिह्न लिएर चुनाव लड्ने उम्मेदवारलाई एकढिक्का भएर सहयोग गर्न आह्वान गरे।

पार्टी स्रोतका अनुसार, संवाद सहमतिनजिक पुगेको छ र आजै टिकट वितरणको अन्तिम टुंगो लाग्ने सम्भावना छ। यो एकताको प्रयासले नेपाली कांग्रेसलाई आगामी प्रतिनिधिसभा निर्वाचनमा एकीकृत र बलियो रूपमा मैदानमा उत्रन मार्ग प्रशस्त गर्ने विश्वास गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.