मंगलवार, फाल्गुन ५,२०८२ 10:35:45
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:35:45
Bizshala
Global IME Bank Limited

मनोनयनमा जाँदा तडकभडक गर्ने उम्मेद्वारलाई कारबाही गरिने

मनोनयनमा जाँदा तडकभडक गर्ने उम्मेद्वारलाई कारबाही गरिने
Shivam Cement

काठमाण्डौ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मनोनयन दर्ता गर्ने क्रममा बाजागाजा, धुमधाम वा कुनै पनि प्रकारको तडकभडक नगर्न कडा चेतावनी दिएका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सोमबार आयोगमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पूर्ण निषेध भएको स्पष्ट पारे। कानुन र निर्वाचन आचारसंहिताले यस्ता दिखावा तथा भव्य प्रदर्शनलाई बन्देज लगाएको उल्लेख गर्दै उनले भने, ‘मनोनयन दर्ताका लागि जाँदा बाजा बजाउने, भीडभाड गर्ने वा अन्य कुनै तडकभडक नगर्नुहोस्। यो नियम तोडेमा आयोगले कुनै पनि नरम व्यवहार गर्दैन।’

उनले आचारसंहिता उल्लंघन गर्ने जो कोहीमाथि कठोर कारबाही हुने पनि चेतावनी दिए। उम्मेदवार तथा दलहरूलाई सरल, मर्यादित र निष्ठापूर्वक आचारसंहिता पालना गरेर मनोनयन पत्र बुझाउन उनले आग्रह गरे।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

भण्डारीले यो निर्वाचन पूर्ण रूपमा स्वच्छ, स्वतन्त्र, निष्पक्ष र त्रासरहित वातावरणमा सम्पन्न हुने दाबी गरे। यदि सबैले नियमको पालना गरे भने घरेलु मतदातादेखि विदेशमा बस्ने नेपालीहरूले समेत यो निर्वाचनमाथि पूर्ण विश्वास गर्न सक्ने उनको भनाइ छ। ‘कुनै प्रकारको शंका वा आशंका रहन दिनुहुँदैन,’ उनले थपे।

आयोगले यस्ता नियमहरूको कडाइका साथ पालना गराउने प्रतिबद्धता व्यक्त गरेको छ, जसमा उल्लंघन भएमा जरिवाना वा उम्मेदवारी रद्द गर्ने जस्ता कदम चाल्न सकिने व्यवस्था छ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.