मंगलवार, फाल्गुन ५,२०८२ 10:38:17
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 10:38:17
Bizshala
Global IME Bank Limited

सांसद बन्न सेयर कारोबारीदेखि उद्योगी–व्यवसायीसम्मको भीड, को–को उत्रिए चुनावी मैदानमा ?

सांसद बन्न सेयर कारोबारीदेखि उद्योगी–व्यवसायीसम्मको भीड, को–को उत्रिए चुनावी मैदानमा ?
Shivam Cement

काठमाण्डौ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्तासँगै संसदीय राजनीतिमा निजी क्षेत्रको उल्लेखनीय उपस्थिति देखिएको छ । सेयर कारोबारी, ठूला व्यापारी, उद्योगपति, बैंकर तथा व्यवसायिक पृष्ठभूमिका व्यक्तिहरूले विभिन्न दलबाट प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका छन् ।

मुख्य राजनीतिक दलहरूले यसपटक निजी क्षेत्रसँग जोडिएका व्यक्तिलाई प्राथमिकताका साथ टिकट वितरण गरेपछि देशका विभिन्न निर्वाचन क्षेत्रमा लगानीकर्ता पृष्ठभूमिका उम्मेदवारहरू चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

गत निर्वाचनमा नवलपरासी–१ बाट प्रत्यक्षतर्फ शानदार जित हासिल गरेका देशका एकमात्र डलर अर्बपति उद्योगपति विनोद चौधरीले यसपटक पनि सोही क्षेत्रबाट उम्मेदवारी दिएका छन् । नेपाली कांग्रेसले बहुमत ल्याएमा उनलाई सम्भावित अर्थमन्त्रीका रूपमा समेत हेरिएको छ ।

युवा सेयर कारोबारी हरि ढकालले पनि चितवन–१ बाट पुनः उम्मेदवारी दर्ता गराएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता ढकाल यसअघि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । एमाले परित्याग गरी अघिल्लो निर्वाचनअघि रास्वपाबाट उम्मेदवार बनेका उनले यसपटक पनि उत्साहपूर्ण जितको दाबी गर्दै उम्मेदवारी दिएका हुन् ।

उम्मेदवारी दर्ताको क्रममा बैंकर, व्यवसायी र उद्योगपतिका नयाँ तथा पुराना अनुहारहरू उल्लेख्य रूपमा देखिएका छन् । मुक्तिनाथ विकास बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा सञ्चालक समितिका पूर्व अध्यक्ष भरतराज ढकालले स्याङ्जा–१ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् ।

सोही क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवारी दिएका मीनप्रसाद गुरुङ पनि पूर्व बैंकर हुन् । यस्तै, एमालेबाट अछाम–१ मा उम्मेदवारी दर्ता गराएका झपट बोहोरा डेभलपमेन्ट बैंकर्स एशोसिएसनका पूर्व अध्यक्ष हुन् । उनी सुदूरपश्चिम प्रदेश सरकारका पूर्व अर्थमन्त्रीसमेत भइसकेका लगानीकर्ता हुन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

अछाम–१ मै रास्वपाबाट टिकट पाएका धनञ्जय रेग्मी नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत हुन् । उनी सो क्षेत्रका चिनिएका व्यवसायीसमेत हुन् ।

करेन्टलगायतका चाउचाउ उत्पादन गर्ने यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद शर्मा पौडेलले रुपन्देही–२ बाट कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका छन् । यो उनको पहिलो चुनावी प्रतिस्पर्धा हो ।

यस्तै, कांग्रेसबाट पर्सा–४ मा टिकट पाएका अनिलकुमार रुंगटा पनि स्थापित उद्योगी हुन् । कांग्रेसकै तर्फबाट रसुवामा उम्मेदवार बनेका मोहन आचार्य, धादिङ–२ बाट टिकट पाएका रमेशप्रसाद धमला, एमालेबाट कपिलवस्तु–३ मा उम्मेदवारी दिएका वीरेन्द्रप्रसाद कनौडिया तथा झापा–४ बाट उम्मेदवार बनेका एलपी साँवा लिम्बू पनि विभिन्न व्यवसाय तथा उद्यमसँग सम्बन्धित व्यक्तिहरू हुन् ।

कांग्रेसबाट कास्की–१ मा मनोनयन दर्ता गराएका तिलक रानाभाट र दाङ–२ बाट उम्मेदवार बनेका किरणकिशोर घिमिरे पनि व्यवसायिक पृष्ठभूमिका हुन् । मोरङ–३ बाट कांग्रेसको टिकट पाएका डा. सुनिल शर्मा चर्चित मेडिकल व्यवसायी हुन् ।

यसैगरी, जनमत पार्टीबाट सिरहा–४ मा उम्मेदवारी दर्ता गराएका वीरेन्द्रप्रसाद महतो निजी क्षेत्रमा परिचित नाम हुन् । उनी अर्बपति उद्योगी उपेन्द्र महतोका भाइ हुन् ।

यी बाहेक पनि मंगलबार देशका विभिन्न निर्वाचन क्षेत्रबाट विभिन्न दलको प्रतिनिधित्व गर्दै उम्मेदवारी दर्ता गराएका दर्जनौं व्यक्ति निजी क्षेत्रसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आबद्ध छन् ।

उद्योग, व्यापार तथा विभिन्न व्यवसाय सञ्चालन गर्दै आएका अधिकांश उम्मेदवार कुनै न कुनै रूपमा नेपालको पूँजीबजारसँग सम्बन्धित देखिन्छन् । कोही प्रत्यक्ष रूपमा सेयर कारोबारमा सक्रिय छन् भने धेरैजसो भित्री रूपमा पूँजीबजारमा लगानीकर्ता रहेको बताइन्छ ।

Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.