काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडका सञ्चालक द्वारिका प्रसाद न्यौपानेको राजीनामा स्वीकृत भएको छ। कम्पनीको माघ ०६ गते साँझ ४ बजे बसेको सञ्चालक समितिको बैठकले न्यौपानेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार न्यौपानेले आफ्नो कार्यव्यस्तताका कारण माघ ०५ गतेदेखि सञ्चालक पदमा रही जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको जानकारी गराउँदै राजीनामा पेश गरेका थिए।
उक्त राजीनामालाई सञ्चालक समितिले औपचारिक रूपमा स्वीकृत गरेको कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।