काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले यसपाली पनि सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको माघ ७ गते बसेको सञ्चालक समितिको १३८ औं बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरुलाई कुनै पनि प्रकारको लाभांश नदिने निर्णय गरेको हो ।
बैठकले सोही बमोजिमको आर्थिक विवरणहरु संस्थाको आगामी साधारण सभामा पेश गर्ने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतीका लागि पेश गर्ने निर्णय समेत गरेको छ ।
संस्थाले आव २०८०/८१ का लागि पनि सेयरधनीहरुलाई लाभांश दिएको थिएन ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।