आईतवार, कार्तिक १,२०८३ 08:46:50
  • आईतवार, कार्तिक १,२०८३ 08:46:50
Global IME Bank Limited

सुन ५ हजार डलर नजिक, अन्तर्राष्ट्रिय बजारमा नयाँ रेकर्डको संघारमा

Bizshala
सुन ५ हजार डलर नजिक, अन्तर्राष्ट्रिय बजारमा नयाँ रेकर्डको संघारमा
New Office

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइ नजिक पुगेको छ। पछिल्लो कारोबारमा सुनको मूल्य ४,९८८.५६ अमेरिकी डलर प्रति औंस मा पुगेको छ, जुन अघिल्लो कारोबारको तुलनामा ७८.९७ डलर अर्थात् १.६१ प्रतिशतले वृद्धि हो। यससँगै सुनको मूल्य पहिलो पटक ५ हजार डलरको मनोवैज्ञानिक सीमातर्फ उन्मुख भएको संकेत देखिएको छ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

उही अवधिमा चाँदीको मूल्यमा पनि तीव्र वृद्धि देखिएको छ। अन्तर्राष्ट्रिय बजारमा चाँदी १०३.३० डलर प्रति औंस मा कारोबार भएको छ, जुन एकैदिनमा ७.४५ प्रतिशतले बढेको हो।

२०२६ भित्र सुन अझै महँगिन सक्छ : अन्तर्राष्ट्रिय प्रक्षेपण

अन्तर्राष्ट्रिय लगानी बैंक तथा विश्लेषक संस्थाहरूले सुनको मूल्य २०२६ भित्र अझै उल्लेख्य रूपमा बढ्न सक्ने प्रक्षेपण गरेका छन्।

अमेरिकी लगानी बैंक गोल्डम्यान स्याक्स ले २०२६ को अन्त्यसम्म सुनको मूल्य ५,४०० डलर प्रति औंससम्म पुग्नसक्ने अनुमान सार्वजनिक गरेको छ। बैंकका अनुसार विश्वव्यापी आर्थिक अनिश्चितता, केन्द्रीय बैंकहरूको सुन खरिद वृद्धि र सुरक्षित लगानीप्रतिको आकर्षणले सुनको मूल्यलाई माथि धकेलिरहेको छ।

त्यसैगरी, केही बजार विश्लेषकहरूले दीर्घकालीन बुलिश ट्रेन्डलाई आधार मान्दै सुनको मूल्य ६,००० देखि ७,००० डलर प्रति औंससम्म पुग्नसक्ने सम्भावनासमेत औँल्याएका छन्। बैंक अफ अमेरिका लगायतका संस्थाहरूले पनि मुद्रा अवमूल्यन, ऋण संकट र भूराजनीतिक जोखिमका कारण सुनप्रति लगानीकर्ताको आकर्षण थप बढ्ने बताएका छन्।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

मूल्य वृद्धिका मुख्य कारण

विश्लेषकहरूका अनुसार सुनको मूल्य बढ्नुका प्रमुख कारणहरूमा:

-विश्व अर्थतन्त्रमा बढ्दो अनिश्चितता

-अमेरिका तथा युरोपेली मुलुकहरूमा सम्भावित ब्याजदर कटौती

-केन्द्रीय बैंकहरूको सुन भण्डारण रणनीति

-शेयर बजार तथा क्रिप्टो बजारको अस्थिरता

-र सुरक्षित लगानीका रूपमा सुनप्रतिको माग वृद्धि रहेका छन्।

बजारको आगामी संकेत

सुनको मूल्य ५ हजार डलर नजिक पुग्नुले अन्तर्राष्ट्रिय कमोडिटी बजारमा नयाँ चरणको सुरुवात भएको संकेत गर्ने विश्लेषकहरूको भनाइ छ। यदि हालकै प्रवृत्ति कायम रह्यो भने आगामी वर्षहरूमा सुनले नयाँ-नयाँ कीर्तिमान कायम गर्न सक्ने सम्भावना बलियो देखिएको छ। यद्यपि, मौद्रिक नीति र विश्व अर्थतन्त्रमा हुने अप्रत्याशित परिवर्तनले बजारमा उतार–चढाव ल्याउन सक्ने चेतावनी पनि विश्लेषकहरूले दिएका छन्।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.