काठमाण्डौ । पिपुल्स पावर लिमिटेडद्वारा सञ्चालित ४.९६ मेगावाट क्षमताको पुवा २ जलविद्युत आयोजना पुनः संचालनमा आएको छ । लामो समय अविरल वर्षाका कारण सञ्चालनमा आउन नसकेको उक्त आयोजना माघ ९ गतेदेखि पुनः संचालनमा आएको हो ।
आयोजनामा परेको क्षति र मर्मत कार्य सफलतापूर्वक सम्पन्न भएपछि, आयोजनाको परीक्षण प्रक्रिया पूरा गरी पुनः नियमित उत्पादनमा आएको पिपुल्स पावरले जानकारी दिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।