काठमाण्डौ । सुनसरी–१ बाट प्रतिनिधिसभा उम्मेदवार हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। उजुरीमा साम्पाङले चुनावी प्रचारमा बालबालिकालाई प्रयोग गरेको आरोप लगाइएको छ।
धरान नगर बाल सञ्जालले जिल्ला प्रहरी कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गर्दै, बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्नु गैरकानुनी भएको उल्लेख गरेको छ।
बालबालिका ऐन, २०७५ को दफा ७, उपदफा (७) अनुसार प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा राजनीतिक उद्देश्यका लागि बालबालिकाको प्रयोग गर्न नपाइने उल्लेख छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।