बुधबार, फाल्गुन ६,२०८२ 05:53:37
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 05:53:37
Bizshala
Global IME Bank Limited

हिमालयन लाइफको ‘एमडीआरटी रिवार्ड कन्फ्रेन्स’ सम्पन्न, ५७ अभिकर्ता सम्मानित

हिमालयन लाइफको ‘एमडीआरटी रिवार्ड कन्फ्रेन्स’ सम्पन्न, ५७ अभिकर्ता सम्मानित
Shivam Cement

काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको ‘एमडीआरटी रिवार्ड कन्फ्रेन्स’ भव्यताका साथ सम्पन्न भएको छ । वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय फोरम एमडीआरटी २०२६ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गर्नका लागि चितवनको होटल सोल्टी वेस्टर्नमा कार्यक्रम सम्पन्न भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहाल र सञ्चालक समितिका सदस्य सचिन आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा तीनजना कोर्ट अफ द टेबल (सीओटी)सहित ५७ जना मिलियन डलर राउण्ड टेबल ९एमडीआरटी० क्वालिफाइ भएका अभिकर्तालाई सम्मान गरिएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

हिमालयन लाइफ इन्स्योरेन्स पेशागत बीमा अभिकर्ता संघले माग गरेबमोजिम कम्पनीले एमडीआरटी क्वालिफाइड भएका अभिकर्तालाई सम्मान गरेको हो ।

कम्पनीका सीइओ दाहालले अभिकर्ताहरुलाई बधाई दिनुका साथै आगामी दिनमा अझै मेहनत गरेर अघि बढ्न समेत हौसला प्रदान गरे ।

हिमालयन लाइफ पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष रेशम गौतमले सबै अभिकर्तालाई जोडेर कम्पनीलाई नै अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

लगातार ८ पटक एमडीआरटी क्वालिफाइड भइसकेका गौतमले प्रत्येक वर्ष एमडीआरटी क्वालिफाई भई रजिष्टर समेत गर्दै आएका छन् । साथै उनले अन्य अभिकर्ताले पनि एमडीआरटी रजिष्टर गर्नुपर्ने सुझाव दिए ।

कार्यक्रममा उनले कम्पनीको बोनस रेटको विषय उठान गर्नुका साथै सम्पूर्ण अभिकर्ताहरुलाई सम्मान गर्नुपर्ने समेत माग राखेका थिए ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.