शुक्रबार, श्रावण २२,२०८३ 02:32:24
Bizshala
  • शुक्रबार, श्रावण २२,२०८३ 02:32:24
Bizshala
Global IME Bank Limited

गणपति लघुवित्तको कुश्मा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

गणपति लघुवित्तको कुश्मा शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय कुश्मा पर्वतद्वारा आयोजित एकदिने वित्तीय साक्षरता कार्यक्रम माघ १३ गते मंगलबारका दिन कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठको प्रमुख आतिथ्यतामा कुश्मा पर्वतमा सम्पन्न भएको छ ।

प्रमुख अतिथि वडाध्यक्षले लघुवित्त कार्यक्रमले साना सानो कर्जा लगानी गरि धेरैको जीवनमा सकारात्मक परिवर्तन गरेको र यसको बारेमा आफुले अध्ययन गर्दा धेरै राम्रो उदेश्यले स्थापना भई सञ्चालन भएकोले आजको यो वित्तीय साक्षरता कार्यक्रमबाट सहभागीलाई सबैलाई महत्त्वपूर्ण विषयहरुको ज्ञान लिएर जान आग्रह गरे ।

संस्थामा आबद्ध ग्राहक सदस्यहरुमा वित्तीय सचेतना तथा वित्तीय शिक्षा सम्बन्धि विशेष प्रस्तुती सहितको प्रशिक्षण संस्थाको तालिम, अनुपालना तथा प्रर्वतन विभाग प्रमुख प्रभुराज थापाले प्रदान गरेका थिए ।  सो क्रममा उनले वित्तिय अनुशासन, पारिवार बजेट निर्माण, आम्दानी खर्च र वचतको व्यवस्थापन, कर्जाको महत्त्व र प्रयोग, कानुनी अवधारणाका आधारमा कालोसुचिमा पर्ने सम्मको अवस्था बारे सबैलाई ज्ञानमुलक सचेतना सामाग्री पस्केका थिए । साथै, प्रस्तुतीका क्रममा लघुवित्त सम्बन्धि भ्रम र यथार्थ सम्बन्धि समसामयिक बिषयबस्तुहरु सहभागीहरुले बुझ्ने गरि सरल भाषामा बुझाएका थिए ।

उक्त कार्यक्रममा शाखा कार्यालय कुश्मा अन्तर्गत संचालित उत्कृष्ट केन्द्र व्यवस्थापन गर्ने ३ जना केन्द्र प्रमुख तथा वित्तिय संस्थाबाट कर्जा लिएर व्यवसाय संचालन गर्ने मध्ये बर्षका ३ उत्कृष्ठ व्यवसायिक ग्राहकलाई समेत कदर पत्रद्धारा सम्मान गरिएको थियो ।

करिब ३० जना ग्राहक सदस्यहरुको सहभागिता रहेको वित्तीय साक्षरता कार्यक्रमको अध्यक्षता केन्द्र नं. १८९ कि सदस्य युगमाया गिरीले गरेकी थिइन् भने कार्यक्रमको संचालन शाखा प्रबन्धक गणेश गौतमले गरेका थिए । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.