आईतवार, फाल्गुन १७,२०८२ 07:35:21
Bizshala
  • आईतवार, फाल्गुन १७,२०८२ 07:35:21
Bizshala
Global IME Bank Limited

पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु

पर्यटन बोर्डद्वारा मनाङमा सातौँ आइस क्लाइम्बिङ तालिम सुरु
Shivam Cement

काठमाण्डौ । नेपाल पर्यटन बोर्डले नेपाल माउन्टेन इन्स्ट्रक्टर्स एसोसिएसन (एनएमआईए)को सहकार्यमा मनाङको हुम्देमा सातौँ आइस क्लाइम्बिङ लेभल–वान तालिम सुरु भएको छ । माघ १३ देखि २२ गतेसम्म सञ्चालन हुने यो तालिम हिमाली क्षेत्रमा हुने प्राविधिक तथा व्यवहारिक अभ्यासमा केन्द्रित छ ।

कार्यक्रम माघ ९ गते काठमाण्डौमा ‘सफ्ट ओपनिङ’ गर्दै सुरु भएको थियो । उक्त औपचारिक कार्यक्रममा सहभागीहरूलाई सैद्धान्तिक कक्षा तथा व्यवहारिक पाटोबारे अभिमुखीकरण प्रदान गरी उच्च हिमाली क्षेत्रमा हुने फिल्ड–आधारित तालिमका लागि तयार पारिएको थियो ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

तालिमको उद्देश्य आइस क्लाइम्बिङसम्बन्धी प्राविधिक सीप सुदृढ गर्नु,अन्तर्राष्ट्रिय सुरक्षा मापदण्ड प्रवर्द्धन गर्नु तथा पर्वतारोहण क्षेत्रमा रोजगारीका अवसर विस्तार गर्नु रहेको छ । यो कार्यक्रम हिमालयबाट विश्वस्तरीय, सुरक्षित र व्यावसायिक पर्वतारोहण सेवा प्रदान गर्ने नेपालको दीर्घकालीन दृष्टिकोणसँग मेल खाने बोर्डले जनाएको छ । नेपाली आरोही तथा गाइडहरू विश्वमै उत्कृष्ट मानिँदै आएका छन् ।

तालिममा ३६ जना सहभागी रहेका छन् भने उनीहरुलाई ११ जना अनुभवी प्रशिक्षकले प्रशिक्षण दिइरहेका छन् । पाठ्यक्रममा आइस एक्स, क्र्याम्पन, हार्नेस,हेल्मेट, क्याराबिनर, बेलय डिभाइस, स्लिङ र डोरीजस्ता आवश्यक उपकरणको प्रयोग, डोरी फिक्सिङ, एंकर निर्माण, सुरक्षा तथा संरक्षण प्रणाली, उद्धार प्रक्रिया र उच्च हिमाली तथा प्राविधिक पर्वतारोहणका लागि आवश्यक व्यवहारिक अभ्यास समावेश छन् ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

हुम्देमा भइरहेको फिल्ड–आधारित तालिमको अवलोकनमा पुगेका बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐयर र प्रबन्धक विमल कँडेलले पर्वतारोहण क्षेत्रमा क्षमता अभिवृद्धि र व्यावसायिक विकासप्रति बोर्ड र एनएमआईएको साझा प्रतिबद्धताले सकारात्मक परिणाम ल्याउने बताएका छन् । 

तालिम सफलतापूर्वक सम्पन्न गर्ने सहभागीहरूले अन्तर्राष्ट्रिय मान्यताप्राप्त प्रमाणपत्र प्राप्त गर्नेछन्, जसले नेपाल तथा अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा उनीहरूको व्यावसायिक विश्वसनीयता र रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको छ ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.