बुधबार, फाल्गुन ६,२०८२ 01:46:44
Bizshala
  • बुधबार, फाल्गुन ६,२०८२ 01:46:44
Bizshala
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घट्यो, खुद ब्याज आम्दानीमा सामान्य सुधार

लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घट्यो, खुद ब्याज आम्दानीमा सामान्य सुधार
Shivam Cement

काठमाण्डौ । लक्ष्मी सनराइज बैंकको खराब कर्जा अनुपात र कस्ट अफ फण्ड घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तीय विवरणअनुसार बैंकको खराब कर्जा अनुपात ५.६७ प्रतिशतबाट घटेर ५.५० प्रतिनशत कायम भएको छ ।

यस्तै बैंकको कस्ट अफ फण्ड समेत ३.६४ प्रतिशतमा सीमित बनेको छ । अघिल्लो आवमा कस्ट अफ फण्ड ५.०५ प्रतिशत रहेको थियो । यो अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह दुवै बढेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ३ खर्ब ६७ अर्ब रहेको बैंकको निक्षेप संकलन बढेर ३ खर्ब ८४ अर्ब पुगेको छ । यस्तै कजौ प्रवाह पनि २ खर्ब ७४ अर्बबाट बढेर २ अर्ब ८७ करोड पुगेको छ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १.१३ प्रतिशतले बढेर ५ अर्ब २४ करोड रुपैयाँ पुगेको छ । यद्यपी बैंक समीक्षा अवधिमा २७ करोड ३६ लाख रुपैयाँ घाटा व्यहोर्न बाध्य भएको छ । अघिल्लो आवको सोही अवधिसम्म बैंकले १ अर्ब १६ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

बैंकको वितरणयोग्य मुनाफा समेत ८४ करोड २७ लाख रुपैयाँले ऋणात्मक बनेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २.०४ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ १६६.२३ रुपैयाँ, मूल्य आम्दानी अनुपात १०५.९५ गुणा ऋणात्मक र तरलता अनुपात २९.३० प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.