बिहीबार, आश्विन १,२०८३ 04:51:16
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 04:51:16
Bizshala
Global IME Bank Limited

६५ करोड घाटामा रहेको पोखरा फाइनान्सद्वारा २.३३ करोड नाफा आर्जन

६५ करोड घाटामा रहेको पोखरा फाइनान्सद्वारा २.३३ करोड नाफा आर्जन
New Office

काठमाण्डौ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म घाटामा रहेको पोखरा फाइनान्स कम्पनी लिमिटेडले नाफा आर्जन गर्न सफल भएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्ममा २ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी ६५ करोड ३१ हजार रुपैयाँ घाटामा थियो ।  

दोस्रो त्रैमाससम्म कम्पनीले ६ करोड ७३ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ५२.९१ प्रतिशतले कम हो । अघिल्लो आवमा यस्तो रकम १४ करोड ३० लाख रुपैयाँ थियो । कम्पनीको खुद शुल्क तथा कमिशन आम्दानी पनि ३५ लाख ७५ हजार रुपैयाँबाट घटेर १६ लाख ५९ हजारमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीको निक्षेप संकलन ७ अर्ब १२ करोडबाट घटेर ७ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ । कर्जा प्रवाह भने ४ अर्ब ९९ करोड रुपैयाँबाट घटेर ४ अर्ब ४ करोडमा सीमित बनेको छ । 

कम्पनीको खराब कर्जा अनुपात ३२.७७ रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको सोही अवधिको ३३.४४ प्रतिशतभन्दा कम हो । कम्पनीको इम्पेयरमेन्ट चार्ज ६ करोड ४९ लाख रुपैयाँले रिभर्सल भएको छ ।  

Muktinath Bikas Bank Limited

कम्पनीको वितरणयोग्य मुनाफा १ अर्ब ४४ करोड रुपैयाँले ऋणात्मक र लाभांश क्षमता पनि १३३.६३ प्रतिशतले ऋणात्मक रहेको छ ।    

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.४५ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ५९.३४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७६२.८४ रुपैयाँ र तरलता अनुपात ३९.७७ प्रतिशत कायम भएको छ ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.