काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८४ रुपैयाँ र बिक्रीदर १४७.४४ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७५.४५ रुपैयाँ र बिक्रीदर १७६.१७ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०२.५४ रुपैयाँ र बिक्रीदर २०३.३६ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०३.३३ रुपैयाँ र बिक्रीदर १०३.७५ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.५७ रुपैयाँ र बिक्रीदर ९.६१ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.९८ रुपैयाँ र बिक्रीदर ४०.१४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.१४ रुपैयाँ र बिक्रीदर २१.२३ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.३९ रुपैयाँ र बिक्रीदर ३७.५४ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.२९ रुपैयाँ र बिक्रीदर ४०.४६ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.२२ रुपैयाँ र बिक्रीदर १०.२७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८१.८४ रुपैयाँ र बिक्रीदर ४८३.८१ रुपैयाँ कायम भएको छ ।

