काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलरको खरिददर १४६.८८ रुपैयाँ र बिक्रीदर १४७.४८ रुपैयाँ कायम भएको छ ।
यस्तै आज एक यूरोको खरिददर १७४.०५ रुपैयाँ र बिक्रीदर १७४.७६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर २०१.०७ रुपैयाँ र बिक्रीदर २०१.८९ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, आज एक अष्ट्रेलियन डलरको खरिददर १०२.२५ रुपैयाँ र बिक्रीदर १०२.६७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.४९ रुपैयाँ र बिक्रीदर ९.५३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.९९ रुपैयाँ र बिक्रीदर ४०.१६ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २१.१३ रुपैयाँ र बिक्रीदर २१.२१ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३७.२६ रुपैयाँ र बिक्रीदर ३७.४१ रुपैयाँ, एक कतारी रियालको खरिददर ४०.३० रुपैयाँ र बिक्रीदर ४०.४७ रुपैयाँ, १०० कोरियन वनको खरिददर १०.१२ रुपैयाँ र बिक्रीदर १०.१७ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४८१.१० रुपैयाँ र बिक्रीदर ४८३.०७ रुपैयाँ कायम भएको छ ।

