बिहीबार, माघ २२,२०८२ 04:14:59
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 04:14:59
Bizshala
Global IME Bank Limited
Bizshala

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा

अर्थतन्त्र सुधार र समृद्धिका लागि कांग्रेस महामन्त्री पौडेलको १५ बुँदे अवधारणा
Shivam Cement

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रको सुधार सम्बन्धमा आफ्नो १५ बुँदे धारणा सार्वजनिक गरेका छन् । कांग्रेस महमन्त्री पौडेलले नेपाली कांग्रेसले अब केवल सपना देखाउने मात्र नभै ती सपनालाई नतिजामा बदल्ने अपेरेटिङ सिस्टम’ नै फेर्ने संकल्प गरेको भन्दै उनले अर्थतन्त्रमा सुधार तथा समृद्धिका लागि अब लिइनुपर्ने नीतिबारे धारणा राखेका हुन् ।

एक भिडियो वक्तव्य जारी गर्दै उनले वितरणमुखी र परनिर्भर अर्थतन्त्रबाट मुलुकलाई उत्पादनमुखी, आत्मनिर्भर र बचतयुक्त अर्थतन्त्रमा लैजानुपर्ने उल्लेख गरे ।

यसका लागि अहिलेको अर्थतन्त्रमा प्रणालीगत सुधार आवश्यक रहेको उनको तर्क छ । व्यक्तिवादी राजनीतिको साटो संस्थागत र बलियो प्रणाली निर्माणमा जोड दिंदै यसमा नागरिकलाई सहजता सुनिश्चित हुने उनको जोड छ ।

महामन्त्री पौडेलले ज्ञानमा आधारित अर्थतन्त्र परम्परागत श्रम र पसिनाको निर्यातबाट हटेर बौद्धिक पुँजी र ज्ञानको निर्यातमा केन्द्रित हुनुपर्ने बताएका छन् । प्रविधिको प्रयोगमार्फत साना उद्यमी, युवा र दुर्गमका प्रतिभाहरूलाई सिधै विश्व बजारसँग जोड्ने गरी अवसरको लोकतन्त्रीकरण गरिनुपर्ने उनको धारणा छ ।

Bizshala
Garima Development Bank
New Office

आर्थिक इकोसिस्टमअन्र्तगतका शिक्षा, बैंकिङ, कानुन र परराष्ट्र नीतिलाई एकअर्काको पूरक बनाउँदै एकीकृत प्रणाली विकास गर्ने तथा विश्वविद्यालयहरूलाई ‘अनुसन्धान र आविष्कार केन्द्र’ मा रुपान्तरण गर्नु आवश्यक रहेको उनको तर्क छ ।

नेपालमा आर्थिक विकासमा कानुनी अड्चन एक प्रमुख कारक रहेको चर्चा गर्दै महामन्त्री पौडेलले दोस्रो चरणको आर्थिक सुधार र कानुनी पुनर्जागरणका लागि सर्वोच्च छाता ऐनमार्फतविकास र लगानीमा बाधक बनेका दर्जनौँ झन्झटिला ऐनहरूलाई पुर्नस्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।

मन्त्रालयहरुबीच एक आपसमा समन्वय अभाव र प्रशासनिक ढिलासुस्तीले अर्थतन्त्रको गतिमा बाधा गरेको भन्दै उनले फास्ट ट्रयाक सेवामार्फत समयबद्ध कार्यविधि लागु गर्नुपर्ने आवश्यकता औंल्याए । ‘उद्योग, व्यवसाय र लगानीसँग जोडिएका कानुनी विवादहरूलाई छिटो छरितो समाधान गर्न विशेष न्यायाधिकरणको व्यवस्था आवश्यक छ,’ उनले भने ।

राज्यको भूमिका अर्थतन्त्रमा खेलाडी उत्पादक नभै निष्पक्ष निर्णायक सहजकर्ता हुनुपर्ने उनको तर्क छ । महामन्त्री पौडेलले २१औँ शताब्दीको लोकतान्त्रिक समाजवादको आवश्यकताबारे चर्चा गर्दै समाजवाद भनेको कसैको प्रगतिमा बाधक नभै बरु कोही पनि गरिबी र अभावको खाडलमा नखसोस् भन्नका लागि बलियो सुरक्षा आवश्यक रहेको तर्क गरेका छन् ।

जसअन्र्तगत समान अवसर, नतिजामा प्रतिस्पर्धाः सबैलाई शिक्षा र स्वास्थ्यमा समान पहुँचको ग्यारेन्टी गर्ने, तर आर्थिक प्रगतिमा स्वस्थ प्रतिस्पर्धालाई प्रोत्साहन गर्नुपर्ने उनको तर्क छ ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

साथै, सीमान्तकृतको सशक्तीकरणः दलित, महिला र पछाडि पारिएका समुदायलाई केवल बजारको जिम्मा नछाडी, उनीहरूलाई ’सक्षम प्रतिस्पर्धी’ बनाउन विशेष सहुलियत र अग्राधिकार दिइने अवस्थालाई उनले २१ औं शताब्दीको लोकतान्त्रिक समाजवाद भनेका छन् ।

महामन्त्री पौडेलले बौद्धिक पुँजीको महत्व, डिजिटल अर्थतन्त्रअन्तर्गत राइड–सेयरिङ, ई–कमर्स र डिजिटल प्लेटफर्महरूले सिर्जना गरेका अवसरहरूलाई कानुनी मान्यता दिँदै ’स्टार्टअप’ हरूलाई प्रोत्साहन आवश्यक रहेको तर्क गरेका छन् ।

निजी क्षेत्रको गतिशीलताले वस्तु र सेवाको गुणस्तर बढाउने र मूल्य घटाउने हुँदा स्वस्थ प्रतिस्पर्धामा जोड दिंदा प्रत्यक्ष लाभ आम उपभोक्तालाई पुग्ने विश्वास उनको छ ।

महामन्त्री पौडेलले आर्थिक कूटनीति र भू–आर्थिक पुलको अवधारणा आफ्नो वक्तव्यमा अघि सारेका छन् । वैदेशिक सहायताबाट लगानीतर्फ अघि बढ्नुपर्ने र विदेशी सहायतामा मात्र निर्भर रहने परम्परा तोडेर व्यापार र लगानी भित्र्याउने कूटनीति अवलम्बन गरिनुपर्ने उनले बताएका छन् ।

महामन्त्री पौडेलले नेपाली डायस्पोराको उपयोग गर्दै विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई ’ब्रन गेन’ मार्फत राष्ट्र निर्माणमा जोड्नुपर्ने आवश्यकता औंल्याएका छन् । यसअन्तर्गत नेपाली दूतावासहरूलाई ’व्यापार प्रवद्र्धन केन्द्र’ को रूपमा विकास गरी नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न सकिने उनको तर्क छ ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.