मंगलवार, माघ २७,२०८२ 11:30:03
Bizshala
  • मंगलवार, माघ २७,२०८२ 11:30:03
Bizshala
Global IME Bank Limited
Bizshala

निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न नवलपरासी प्रशासनले गरायो रवि लामिछानेलाई सचेत

निर्वाचन आचारसंहिता विपरीतका गतिविधि नगर्न नवलपरासी प्रशासनले गरायो रवि लामिछानेलाई सचेत
Shivam Cement

काठमाण्डौ । नवलपरासी जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको नवलपरासी भ्रमण कार्यक्रमप्रति ध्यानाकर्षण जनाएको छ।

जिल्ला प्रशासन कार्यालयले सोमबार जारी गरेको सूचनामा निर्वाचन आयोगद्वारा लागू गरिएको निर्वाचन आचारसंहिता, २०८२ को पूर्ण पालना गर्न सरोकारवालालाई आग्रह गरिएको छ। सूचनामा माघ २७ गते नवलपरासीमा तय भएको रवि लामिछानेको जनसम्पर्क तथा ‘घण्टी अभिवादन’ कार्यक्रम निर्वाचन आचारसंहिताको दायराभित्र पर्न सक्ने उल्लेख गर्दै आचारसंहिता विपरीतका गतिविधि नगर्न र नगराउन सचेत गराइएको छ।

Bizshala
Garima Development Bank
New Office

प्रशासनले निर्वाचन स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गराउने दायित्वलाई जोड दिँदै सबै राजनीतिक दल, उम्मेदवार तथा समर्थकहरूलाई कानुनी सीमाभित्र रहेर गतिविधि गर्न निर्देशन दिएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

यता राष्ट्रिय स्वतन्त्र पार्टीले भने सभापति लामिछानेको नवलपरासी भ्रमणलाई नियमित संगठनात्मक कार्यक्रमको रूपमा व्याख्या गरेको छ। पार्टीका अनुसार उनी जिल्लाका दुई निर्वाचन क्षेत्रमा पुगेर उम्मेदवार, पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरी फर्किने कार्यक्रम मात्र तय गरिएको हो।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.