काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ८ अर्ब ६१ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ५ वटा ब्रोकरबाट उच्च खरिद भएको छ भने ५ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, दिपशिखा धितोपत्र कारोबार कम्पनी र डायनामिक मनि म्यानेजर्स रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, सनि सेक्युरिटिज र श्रीहरि सेक्युरिटिज रहेका छन् । आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ ।
यो ब्रोकरबाट आज मात्रै १ अर्ब २० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ४९.१६ प्रतिशत सेयर खरिद भएको छ भने ५०.८४ प्रतिशत बिक्री भएको छ ।

