काठमाण्डौ । व्यवसायी हत्या अभियोग लागेका माओवादी नेता कालीबहादुर खाम पक्राउ परेका छन् । १६ वर्षअघि कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्याका अभियुक्त खामलाई नेपाल प्रहरीले ठमेलबाट पक्राउ गरेको हो ।
खामलाई आज ठमेलको सञ्चय कोष भवन अघिबाट पक्राउ गरिएको हो ।
श्रेष्ठलाई अपहरण गरी चितवनमा लगेर हत्या गरिएको थियो । खामलाई पक्राउ पछि चितवन लैजाने गरिएको नेपाल प्रहरीले जनाएको छ । रामहरी हत्या प्रकरणका प्रमुख योजनाकार मानिएका खाम माओवादी लडाकुका पूर्व डिभिजन कमाण्डर हुन्।
उनी माओवादी केन्द्रको सुरक्षा विभागका सदस्य छन्। श्रेष्ठ हत्या प्रकरणमा पक्राउ परेका अर्का माओवादीका कमाण्डर गोविन्दबहादुर बटाला भने पक्राउपछि रिहा भएका थिए।

.gif) 
                (1).gif) 
                (2).gif) 
                 
                                .gif) 
                .png) 
                                                    (1).gif) 
                 
                 
                 
                (2).gif) 
                 
                .png) 
                                    .gif) 
                .jpg) 
                                        .jpg) 
                                         
                                        .jpg) 
                                        .jpg) 
                                         
                 
                 
                 
                 
                 
                 
                