काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘आरएसएमएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीको कुल एक करोड ९० लाख कित्ता सेयर आज सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको १०.१४ प्रतिशत सेयर अर्थात् १९ लाख २६ हजार ६०० कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको ८९.८६ प्रतिशत सेयर अर्थात् १ करोड ७० लाख ७३ हजार ४०० कित्ता रहेको छ ।
नेप्सेले कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोमबारदेखि कम्पनीको सेयर कारोबारमा आउनेछ ।

