काठमाण्डौ । गरिमा म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘गरिमा सुवर्ण योजना’को इकाई बिक्री यही फागुन २८ गतेदेखि हुने भएको छ । गरिमा विकास बैंक कोष प्रवद्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १० करोड इकाइको बिक्री आवेदन खुला गर्न लागिएको हो ।
कुल निष्कासनमध्ये बीज पूँजीबापत ६० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंकलाई सुरक्षित राखि बाँकी रहने ३ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्कासन गरिनेछ ।
यसरी प्रथमपटक सार्वजनिक निष्कासनका लागि ५ करोड इकाई बिक्रीका लागि खुला गरिनेछ भने त्यपश्चात सामूहिक लगानी कोष नियमावलीको व्यवस्था बमोजिम योजनाको इकाई योजना व्यवस्थापकले तोकेको वितरकमार्फत निरन्तर खरिद बिक्रीका लागि खुला गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा ५० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु (आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते बैंकिङ समयपछि हुनेछ । योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा गरिमा क्यापिटल लिमिटेड रहेको छ।
नेपाल लाइफ क्यापिटल लिमिटेडले यो योजना निष्कासनका लागि गत माघ २१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।