मंगलवार, भाद्र २,२०८३ 12:29:00
Bizshala
  • मंगलवार, भाद्र २,२०८३ 12:29:00
Bizshala
Global IME Bank Limited

सलिकोमा एक% भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या १७ पुग्यो, कसको कति छ लगानी ?

सलिकोमा एक% भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या १७ पुग्यो, कसको कति छ लगानी ?
New Office

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा एक वा सो भन्दा बढी प्रतिशत सेयर स्वामित्व रहेका सेयरधनीको संख्या १७ पुगेको छ ।  

यसअघि कम्पनीमा ११ सेयरधनीको मात्रै एक वा सो भन्दा बढी प्रतिशत सेयर स्वामित्व थियो ।

कम्पनीमा ५१ प्रतिशत संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण सेयरधनीको लगानी अर्थात सेयर स्वामित्व छ । संस्थापकतर्फ नेपाली संस्था तथा कम्पनीहरुको ११.५६ प्रतिशत, नेपाली नागरिकको २८.०१ प्रतिशत र सिलिन्को इन्स्योरेन्स पीसीएल, श्रीलङ्काको ११.४३ प्रतिशत सेयर स्वामित्व छ ।  

कम्पनीमा सर्वाधिक सिलिन्को इन्स्योरेन्स पीसीएल, श्रीलङ्काको लगानी छ । ११.४३ प्रतिशत अर्थात कुल २९ लाख ९७ हजार ४५८ कित्ता सेयर सिलिन्को इन्स्योरेन्सको स्वामित्वमा रहेको छ । अघिल्लो वर्षको तुलनामा सिलिन्कोले सलिकोमा १२.३९ प्रतिशतले लगानी थपेको छ ।  

अघिल्लो वर्ष सिलिन्कोको सगरमाथा लुम्बिनी इन्स्योरेन्समा २६ लाख ६६ हजार ७७८ कित्ता सेयर स्वामित्वमा रहेको थियो । उक्त वर्ष कम्पनीमा एक प्रतिशत वा सो भन्दा बढी सेयर स्वामित्व रहेका सेयरधनीको संख्या ११ मात्रै रहेकाले सिलिन्कोको सेयर स्वामित्व २० प्रतिशत थियो ।  

Bizshala
CG Motors

त्यस्तै, दोस्रो बढी लगानी लुम्बिनी विकास बैंकको छ । कम्पनीमा बैंकको कुल ११ लाख ७ हजार ९७५ कित्ता सेयर स्वामित्वमा रहेको छ । अर्थात् ४।२२ प्रतिशत लगानी हिस्सा लुम्बिनी विकास बैंकको छ ।  

यसका साथै मनोहर दासमूलको ४।१४ प्रतिशत अर्थात १० लाख ८४ हजार ७४८ कित्ता सेयर स्वामित्वमा रहेको छ । साल्ट ट्रेडिङ कर्पोरेशनको पनि सलिकोमा ३.४७ प्रतिशत लगानी अर्थात ९ लाख १० हजार ९८९ कित्ता सेयर स्वामित्वमा छ ।  

त्यस्तै, सनराइज बैंकको ३.३० प्रतिशत अर्थात ८ लाख ६४ हजार २९६ कित्ता, दिब्यमणि राजभण्डारीको ३.०१ प्रतिशत हिस्सा अर्थात ७ लाख ९० हजार ३१४ कित्ता, ओभरसिज ट्रेडिङ कम्पनीको १.५६ प्रतिशत अर्थात ४ लाख ७ हजार ९३६ कित्ता, सुरज वैद्यको १.५३ प्रतिशत अर्थात ४ लाख ७७६ कित्ता, शंकर घिमिरेको १.४६ प्रतिशत अर्थात ३ लाख ८१ हजार ६०६ कित्ता, नरेन्द्र कुमार अग्रवालको १.४३ प्रतिशत अर्थात ३ लाख ७४ हजार ७२६ कित्ता, अशोक कुमार तोदीको १.४३ प्रतिशत अर्थात ३ लाख ७४ हजार ६७१ कित्ता र चिन्तामणि भट्टराईको १.३४ प्रतिशत अर्थात ३ लाख ५० हजार १९९ कित्ता सेयर स्वामित्व रहेको छ ।  

साथै हिमाल एण्ड कम्पनी प्रालि, भाजुरत्न एण्ड कम्पनी प्रालि र ज्योति एण्ड कम्पनी प्रालि भने १.१२ प्रतिशत दरको २ लाख ९३ हजार ८६३ कित्ता सेयर स्वामित्व छ । त्यस्तै, राम कृष्ण मानन्धरको १.१२ प्रतिशत अर्थात २ लाख ९३ हजार ८६२ कित्ता र अरुण राज श्रेष्ठको १.०१ प्रतिशत अर्थात २ लाख ६६ हजार ७६ कित्ता सेयर स्वामित्व छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.