काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा ४ अर्ब २३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरुमा नासा सेक्युरिटिज, भिजन सेक्युरिटिज, सनि सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, कोहीनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र अनलाइन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा त्रिशक्ति सेक्युरिटिज, नबिल स्टक डिलर, डायनामिक मनि म्यानेजर्स र श्रीहरि सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकर कम्पनीमा नासा सेक्युरिटिज रहेको छ । उक्त ब्रोकरबाट आज मात्रै ४९ करोड ९० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५३.८३ प्रतिशत सेयर खरिद भएको छ भने ४६.१७ प्रतिशत सेयर बिक्री भएको छ ।

