काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई निराश बनाएको छ । संस्थाले गत आर्थिक वर्ष २०७९/८० का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।
संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आवका लागि बोनस तथा नगद लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यसका साथै उक्त बैठकले लेखापरीक्षण प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ । यससँगै बैठकले लेखा परीक्षकबाट प्रमाणित लेखापरीक्षण प्रतिवेदनमा भएका आर्थिक वर्ष २०७९/०८० को वासलात, नाफा नोक्शान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु संस्थाको ५ औं वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक,लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरेको छ ।