काठमाण्डौ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख २८ हजार ६०० रुपैयाँ पुगेको छ ।
यसअघि कारोबार दिन सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ रहेको थियो ।
त्यस्तै, चाँदी चाँदीको मूल्य भने प्रतितोला १७० रुपैयाँ घटेको महासंघले जनाएको छ । चाँदीको मूल्य आज प्रतितोला ५ हजार ८१५ रुपैयाँ कायम भएको छ । यसअघि कारोबार दिनमा चाँदीको भाउ प्रतितोला ५ हजार ९८५ रुपैयाँ थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।