काठमाण्डौ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत चितवन क्षेत्र नम्बर–३ मा रास्वपा उम्मेदवार सोविता गौतमले अग्रता कायम राखेकी छन्। रातिदेखि सुरु भएको मतगणनामा उनले सुरुवाती अग्रता लिएकी थिइन् र हालसम्मको परिणामअनुसार २ हजार ४८५ मत प्राप्त गरेकी छन्।
उनकी नजिकको प्रतिस्पर्धी, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)की उम्मेदवार रेणु दाहालले १ हजार ७८६ मत प्राप्त गर्दै दोस्रो स्थानमा छिन्।
एमालेका उम्मेदवार शंकर थपलिया तेस्रो स्थानमा छन् । जसले ५३५ मत प्राप्त गरेका छन्। कांग्रेसका उम्मेदवार टेकप्रसाद गुरुङले २७६ मतसहित चौथो स्थान ओगटेका छन्।

