भरतपुर । चितवन निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले फराकिलो मतान्तरसहित अग्रता कायम राखेका छन्।
हालसम्मको मतगणनाअनुसार लामिछानेले ३,२६५ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अस्मिन घिमिरेले १,५१९ मत ल्याएका छन्।
यसैगरी, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रताप गुरुङले १,२६० मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार मीना खरेलले १,०९४ मत प्राप्त गर्दै चौथो स्थानमा रहेकी छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।