शनिबार, श्रावण २,२०८३ 08:57:44
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 08:57:44
Bizshala
Global IME Bank Limited

फरवार्ड माइक्रो फाइनान्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी

फरवार्ड माइक्रो फाइनान्सद्वारा रु.१० लाख मृत्यु दाबी भुक्तानी
New Office

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले सप्तरी बोदेबर्साइन नगरपालिका वडा नं. ३ का चन्द्रनारायण मण्डलको परिवारलाई १० लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।

कम्पनीले मृतक मण्डलकी श्रीमति चनाबती देवी खत्वेनी र छोरा अमितकुमार मण्डललाई संयुक्त रुपमा उक्त रकमबराबरको चेक हस्तान्तरण गरेको हो । उक्त रकम एक कार्यक्रमका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी र बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले हस्तान्तरण गरेका हुन् ।  

मण्डलले २०७९ मंसिरमा कम्पनीको शम्भुनाथ, सप्तरी केन्द्र नं. ४५७ बाट ८ लाख रुपैंया कर्जा लिएका थिए । उनले कर्जा बापतको चार लाख ४० हजार ७ सय ९७ रुपैंया भुक्तान गरेका थिए । कम्पनीले बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दावी बीमा बापत १२५ प्रतिशत भुक्तानी दिएको जनाएको छ ।

बीमा हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथी बोदेबर्साइन नगरपालिकाकी उपप्रमुख रेणुकुमारी साहले फरवार्डले विपन्न परिवारका महिलाहरुलाई बिना धित्तो सरल तरिकाले गाँउगाँउमा समुह बनाई लघुकर्जा प्रदान गर्दा गाँउघरमा समयमा पैसा नभएका बिपन्न समुदायका लागि वरदान सावित भएको बताइन् ।

फरवार्ड माईक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत राम दयाल राजबंशीले वित्तीय संस्थाले गाँउगाँउमा गई विपन्न समुदायमा वित्तीय सेवा दिईरहेको र ग्राहक सदस्य लक्षीत सरल तरिकाले कर्जा प्रवाह गर्ने गरिएको बताए । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.