बिहीबार, आश्विन १,२०८३ 07:41:56
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 07:41:56
Bizshala
Global IME Bank Limited

नबिल स्टक डिलरको ‘ग्लोबल मनि विक’ अन्तर्गत वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

नबिल स्टक डिलरको ‘ग्लोबल मनि विक’ अन्तर्गत वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नबिल स्टक डिलर लिमिटेडले ‘ग्लोबल मनि विक २०२६’ अवसरमा वित्तीय साक्षरता तथा लगानीकर्ता सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।  

कम्पनीले नेपाल धितोपत्र बोर्डसँगैको सहकार्यमा चैत २ गतेदेखि ८ गतेसम्म एक हप्ते वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।  

यस ग्लोबल मनि विक २०२६ अभियानले युवाहरूलाई वित्तीय साक्षरता तथा दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न आवश्यक ज्ञान र सीपले सुसज्जित गराउने उद्देश्य राख्दै हरेक वर्षझै यस वर्षको ‘स्मार्ट मनि टक्स’ भन्ने नारासहित यस वर्ष पनि विश्वव्यापी रुपमा मनाएको हो ।  

ग्लोबल मनि विक विश्वव्यापी अभियान हो । यस अभियानले युवाहरूलाई योजनावद्ध वित्तीय निर्णय गर्न तथा दीर्घकालीन आर्थिक समृद्धि हासिल गर्न आवश्यक ज्ञान र सीपले सूचित गराउने उद्देश्य राख्छ । यस वर्षको विश्वव्यापी नाराः ‘स्मार्ट मनि टक्स’ ले पैसासम्बन्धी खुला छलफल र जिम्मेवार वित्तीय व्यवहारको महत्वलाई उजागर गरेको छ ।

यस अभियानअन्तर्ग ब्रोकरले विभिन्न शैक्षिक संस्थाहरूमा करिब ५०० विद्यार्थीहरूलाई समेट्दै अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरेको छ । सहभागी संस्थाहरूमा पद्मकन्या विद्याश्रम सेकेण्डरी स्कुल डिल्लीबजार काठमाण्डौ, पिपुल्स क्याम्पस पकनाजोल काठमाण्डौ, पोखरा लिकंन इन्टरनेशनल कलेज पोखरा फिर्के तथा बाराही सेकेण्डरी स्कुल पोखरा मालेपाटन रहेका थिए ।  

Shivam Cement
Bizshala
CG Motors

सत्रहरूमा लगानीका आधारभूत सिद्धान्त, पूँजी बजार, वित्तीय योजना तथा अनुशासित बचत जस्ता विषयहरू समेटिएका थिए । सहभागीहरूले छलफल, वास्तविक जीवनका उदाहरण तथा व्यवहारिक जानकारीमार्फत सक्रिय सहभागिता जनाउँदै आफ्नो वित्तीय निर्णय क्षमतालाई सुदृढ बनाउने अवसर पाए ।

यसका साथै, डिजिटल पहुँचलाई थप विस्तार गर्ने उद्देश्यले विभिन्न सामाजिक सञ्जालमार्फत वित्तीय सचेतनामूलक सामग्रीहरू पनि सार्वजनिक गरिएको थियो, जसले अझ व्यापक दर्शकसमूहसम्म सन्देश पु¥याउन सहयोग गरेको थियो ।

यसै क्रममा नेपाल धितोपत्र बोर्डको नेतृत्वमा पोखरामा राष्ट्रिय स्तरको क्यापिटल मार्केट क्विज प्रतियोगिता पनि आयोजना गरिएको थियो । यस कार्यक्रममा नबिल स्टक डिलर, मर्चेण्ट बैंकर्स एशोसियसन अफ नेपाल, नेपाल प्राइभेट इक्विटी एशोसियसन, इक्रा नेपाल, केयर रेटिङ नेपाल, इन्फोमेरिक्स क्रेडिट रेटिङ्स नेपाल तथा नागरिक स्टक डिलर कम्पनी लगायतका सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

प्रतियोगितामा ३५ कलेजका ३७ टिम तथा ७० विद्यार्थीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए । पृथ्वी नारायण क्याम्पसका मानव पोखरेल र किस्मत पौडेलको टिम प्रथम हुँदै रु. ६० हजार पुरस्कार जित्न सफल भए । प्रेसिडेन्सीका सन्तोष भट्टराई र विजय अधिकारी प्रथम उपविजेता हुँदै रु. ४० हजार प्राप्त गरे भने त्रिवेणी इन्टरनेशनल कलेजका विनय रिमाल र सागर तिवारी दोस्रो उपविजेता बन्दै रु. ३० हजार पुरस्कार जिते ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक दयाराम पंगेनी, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, नेपाल धितोपत्र बोर्डबाट कार्यकारी निर्देशक डा. नवराज अधिकारी तथा उपकार्यकारी निर्देशक दीपा दाहालजस्ता विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो । उनीहरुले वित्तीय साक्षरता तथा पूँजी बजारमा सूचित सहभागिताको महत्त्वमा जोड दिएका थिए ।  

Muktinath Bikas Bank Limited

‘स्मार्ट मनि टक्स’ नारासँग अनुरूप यी साप्ताहिक कार्यक्रमहरूले वित्तीय समावेशिता प्रवद्र्धन गर्नुका साथै युवाहरूलाई सही वित्तीय निर्णय लिन आवश्यक आत्मविश्वास, ज्ञान र सीप प्रदान गर्ने लक्ष्य राखेका थिए । यस्ता प्रयासहरूले जिम्मेवार वित्तीय व्यवहार विकास गर्नुका साथै दीर्घकालीन आर्थिक सुदृढता निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ ।

नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको नबिल स्टक डिलर लिमिटेडले (ब्रोकर नं. ७७) नेपालको पूँजी बजार प्रणालीमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । कम्पनीले ब्रोकरेज सेवा, मार्जिन ट्रेडिङ तथा डिपोजिटरी पार्टिसिपेन्टसहित अन्य सेवा प्रदान गर्दै आएको छ । ग्लोबल मनि विक जस्ता पहलमार्फत नबिल स्टक डिलरले वित्तीय रूपमा सचेत नागरिक निर्माण गर्ने आफ्नो प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै आगामी पुस्तालाई सबल, समावेशी र दिगो अर्थतन्त्र निर्माणमा सक्रिय सहभागिता जनाउन प्रेरित गरिरहेको छ ।           

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.