काठमाण्डौ । मध्यपूर्वमा भइरहेको युद्धका कारण फिलिपिन्समा आपतकालिन घोषणा गरिएको छ । सीएनएनको एक रिपोर्टअनुसार युद्धका कारण चरम इन्धनको अभावसँगै मूल्य वृद्धिले फिलिपिन्समा राष्ट्रिय आपतकालिन घोषणा गरिएको हो ।
अमेरिका–इजरायल र इरानबीच भइरहेको युद्धले एशियाली देशहरुमा प्रत्यक्ष प्रभाव पारिरहेको छ । चरम इन्धन अभाव र तेलको मूल्य वृद्धिले विश्वव्यापी रुपमा संकटकालिन अवस्था आउन सक्ने विज्ञहरुले अनुमान समेत लगाएको छ ।
सीएनएनका अनुसार दक्षिण कोरियाले पनि उर्जा अभावको सामाना गरिहेको अवस्थामा देशव्यापी उर्जा बचत अभियान लागू गरेको छ ।
यसका साथै थाइल्याण्डले पनि कर्मचारीहरुलाई कार्यालयमा सुट नलगाउन र एर कन्डिसनको प्रयोग घटाउन आग्रह गरेको छ ।
हजारौं माइल टाढा भइरहेको युद्धको प्रभाव एशियाली देशहरुमा इन्धन अभावसँगै तेलको अभावले दैनिकी जनजीवनमा प्रतिकुल असर पारिरहेको सीएनएनले उल्लेख गरेको छ ।

