काठमाण्डौ । हिमालयन बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ ।
बैंकको चैत १५ गते बसेको संचालक समितिको बैठकले कायम रहेको पूँजीको आधारमा बैंकको १० प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको छ ।
प्रक्रिया पुरा भएपश्चात् नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भएमा उक्त संस्थापक सेयष्र सर्वसाधारणमा पपरिणत गरिने बैंकले जनाएको छ ।

