बुधबार, बैशाख ९,२०८३ 02:29:19
Bizshala
  • बुधबार, बैशाख ९,२०८३ 02:29:19
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ वर्षको अवसरमा ‘सेगवे ई११०एल’मा विशेष अफर घोषणा

Bizshala
नयाँ वर्षको अवसरमा ‘सेगवे ई११०एल’मा विशेष अफर घोषणा
Shivam Cement

काठमाण्डौ । नयाँ वर्ष २०८३ को अवसरमा सेगवे ई११०एल मा विशेष अफर घोषणा गरिएको छ ।  

नेपाली बजारमा रुचाइएको यो मोडेल पुनः स्टकमा ल्याउँदै २ लाख ८४ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइएको हो । यस अफर अन्तर्गत ग्राहकहरूले डिजिटल ट्याब, ब्रान्डेड हेल्मेट, स्कुटर कभर र टोट ब्याग पाउनेछन्, साथै एक वर्षको निःशुल्क वार्षिक मर्मत सेवा (एमसी) पनि समावेश गरिएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सेगवेका लागि नेपालको आधिकारिक वितरक आइहब प्रा. लि. ले पहिलो २५ ग्राहकका लागि आकर्षक ‘अर्ली बर्ड’ डिस्काउन्ट पनि घोषणा गरेको छ, जसअन्तर्गत ग्राहकले खरिद गर्ने मोडेलअनुसार अधिकतम ४१ हजार रुपैयाँसम्म बचत गर्न सक्नेछन् ।

यो अफरमार्फत सेगवे ई११०एल लाई दैनिक प्रयोगका लागि उपयुक्त स्कुटरका रूपमा प्रस्तुत गरिएको छ । यसमा २४०० वाटको मोटर छ, जसले १५० न्यूटन–मिटर टर्क दिन्छ र अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा सम्म पुग्छ। यसले १५ डिग्रीभन्दा माथिका उकालाहरू पनि बिना खास कठिनाइ सजिलै सम्हाल्न सक्छ ।  

यो स्कुटरमा आवश्यकता अनुसार तयार गरिएको ट्रेलोर्ड बुशलेस मोटर प्रयोग गरिएको छ। ७२ भोल्ट २४ एम्पियर–घण्टा क्षमताको लिथियम ब्याट्रीले एकपटक चार्जमा ६० देखि ११० किलोमिटरसम्म चल्न सक्छ। साथै, २७ लिटरको बुट स्पेस र रिभर्स मोडले सहरभित्रको प्रयोगलाई अझ सहज बनाउँछ ।

CG Motors
Garima Development Bank
IME remit

राइडिङ अनुभवलाई ध्यानमा राखेर यसमा हाइड्रोलिक स्प्रिङ ड्याम्पिङ सिस्टम राखिएको छ, जसले उबडखाबड सडकमा पनि आरामदायी यात्रा दिन्छ। एन्टी–स्किड ट्युबलेस टायर र डुअल डिस्क ब्रेकले राम्रो ग्रिप र कन्ट्रोल दिन्छ । १३० मिलिमिटर ग्राउन्ड क्लियरेन्स र बलियो फ्रेमका कारण स्कुटर विभिन्न सडक अवस्थाका लागि उपयुक्त बनेको छ ।

यसमा विभिन्न स्मार्ट फिचरहरू पनि छन् । जीपीएस ट्र्याकिङ र रिमोट एक्सेसले स्कुटरको निगरानी गर्न सजिलो बनाउँछ भने एन्टी–थेफ्ट सिस्टमले सुरक्षा थप मजबुत बनाउँछ । क्रुज कन्ट्रोल र रिजनरेटिभ ब्रेकिङले यात्रा सहज र ऊर्जा–कुशल बनाउँछन् । साथै, इलेक्ट्रोनिक सिट लक, म्याट्रिक्स एलइडी हेडलाइट र रियर इन्डिकेटरले दृश्यता सुधार गर्छन्। बीएमएस ५.० सिस्टमले ब्याट्रीको प्रदर्शन व्यवस्थापन गर्छ, र आईपीएक्स ४ रेटिङले हल्का वर्षामा पनि प्रयोग गर्न मिल्ने बनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.