शुक्रबार, बैशाख ११,२०८३ 05:51:33
Bizshala
  • शुक्रबार, बैशाख ११,२०८३ 05:51:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सुर्खेतको याताया र मालपोत कार्यालयबाट १६ जना पक्राउ

Bizshala
सुर्खेतको याताया र मालपोत कार्यालयबाट १६ जना पक्राउ
Shivam Cement

काठमाण्डौ । सुर्खेतको वीरेन्द्रनगरस्थित यातायात व्यवस्था कार्यालय र मालपोत कार्यालय आसपासबाट बिचौलियाको संलग्नतामा काम गरिरहेको आरोपमा १६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय, सुर्खेतका अनुसार बिहीबार बिहान करिब साढे ११ बजे उनीहरूलाई नियन्त्रणमा लिइएको हो । सेवाग्राहीको सवारी दर्ता किताब (ब्लुबुक) नवीकरण, जग्गा नामसारी लगायतका काम गरिदिने भन्दै अवैध रूपमा रकम असुल गर्दै आएका व्यक्तिहरूलाई प्राप्त सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी कार्यालयले जनाएको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

प्रहरी निरीक्षक किशोर खत्रीको नेतृत्वमा खटिएको टोलीले यातायात व्यवस्था कार्यालयबाट ६ जना पुरुष र मालपोत कार्यालय क्षेत्रबाट १० जना महिला गरी कुल १६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

पक्राउ पर्नेहरूमा यातायात व्यवस्था कार्यालय क्षेत्रबाट वीरेन्द्रनगर–१ का ३६ वर्षीय दीपकबहादुर विक, वडा नं. ३ का ६२ वर्षीय इन्द्रबहादुर शाही, वडा नं. १२ का ३३ वर्षीय प्रदीप खड्का, वडा नं. ५ का २८ वर्षीय हरिप्रसाद देवकोटा, वडा नं. १० का ३२ वर्षीय प्रभाकर शर्मा गौतम र लेकवेशी नगरपालिका–३ का ३७ वर्षीय रमेश दमाई रहेका छन् ।

CG Motors
Garima Development Bank
IME remit

त्यसैगरी, मालपोत कार्यालयबाट वीरेन्द्रनगर–३ की २५ वर्षीया लक्ष्मी शाही र ३४ वर्षीया पार्वती योगी, वडा नं. ५ की ३५ वर्षीया पवित्रा न्यौपाने, वडा नं. ६ की २३ वर्षीया सम्झना योगी र ३८ वर्षीया निर्मला योगी पक्राउ परेका छन् ।

यसैक्रममा वडा नं. ११ की १८ वर्षीया रोशनी शाही, ३१ वर्षीया दुर्गा शाही, २० वर्षीया गीता सुनार, ३२ वर्षीया रोशमी तिवारी तथा वडा नं. १२ की ३८ वर्षीया कुसुम बुढाक्षेत्रीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.