बिहीबार, बैशाख ३१,२०८३ 09:34:42
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 09:34:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

स्मार्ट फिचरसहित Redmi Buds 8 Lite नेपालमा, मूल्य कति ?

Laxmi Sunrise Bank Limited
स्मार्ट फिचरसहित Redmi Buds 8 Lite नेपालमा, मूल्य कति ?
Shivam Cement

काठमाण्डौ । विश्वप्रसिद्ध प्रविधि कम्पनी शाओमीले Redmi Buds 8 Lite नेपालमा ल्याएको जनाएको छ  । यसमा डुअल माइक्रोफोनसहित AI ENC, उच्च ध्वनि गुणस्तर र लामो समय टिक्ने ब्याट्रीको सुविधा रहेको छ ।  

यसको डिजाइन सहज र आरामदायी भएकाले लामो समयसम्म प्रयोग गर्न सकिन्छ । साथै, स्मार्ट ट्याप कन्ट्रोल भएकाले कल, संगीत र अन्य कामहरू सजिलै गर्न सकिन्छ ।

उन्नत न्वाइज क्यान्सलेसनः Redmi Buds 8 Lite मा एक्टिभ न्वाइज क्यान्सलेसन र विन्ड न्वाइज घटाउने सुविधा छ । यसले मेट्रोको आवाज, एसीको आवाज तथा बाहिरको हावाको आवाजजस्ता कम फ्रिक्वेन्सीका ध्वनिहरूलाई कम गर्छ । साथै, डुअल माइक्रोफोन AI ENC ले आवाजलाई छुट्याएर स्पष्ट र अवरोधबिनाको कुराकानी गर्न सहयोग गर्छ, जसले गर्दा बैठक वा लाइभ सेसनहरूमा सजिलो हुन्छ ।

Bizshala
New Office
CG Motors

उच्च ध्वनि गुणस्तरः यसमा १२.४एमएम टाइटानियम डायाफ्राम भएको ड्राइभर प्रयोग गरिएको छ, जसले गहिरो र स्पष्ट ध्वनि प्रदान गर्छ । यसले संगीत वा पोडकास्ट सुन्दा प्रयोगकर्तालाई आनन्द आउने खालको हुन्छ । साथै, प्रयोगकर्ताले आफ्नो रुचिअनुसार ध्वनि सेटिङ (EQ) परिवर्तन गरेर बास बढाउने वा ट्रेबल सुधार गर्ने सुविधा पनि पाउँछन् ।

डिभाइसहरू बीच सजिलो कनेक्टिभिटीः यी इयरबड्सले दुई वटा डिभाइससँग एकै पटक जडान हुने सुविधा पनि दिन्छन् । यसले काम र मनोरञ्जनबीच सजिलै स्विच गर्न मद्दत गर्छ । कल र अन्य गतिविधिबीच परिवर्तन गर्न सहज हुन्छ । नयाँ डिभाइससँग जडान गर्न पनि एक ट्यापमै सम्भव हुन्छ ।

Garima Development Bank
Shivam Cement
IME remit

दमदार ब्याट्री क्षमताः Redmi Buds 8 Lite ले लामो समयसम्म चल्ने ब्याट्री दिन्छ । इयरबड्स मात्रै ८ घण्टासम्म चल्छन् भने चार्जिङ केससहित कुल ३६ घण्टासम्म प्रयोग गर्न सकिन्छ । साथै, फास्ट चार्जिङको सुविधा भएकाले १० मिनेट चार्ज गर्दा २ घण्टासम्म संगीत सुन्न सकिन्छ ।

उपलब्धताः Redmi Buds 8 Lite कालो र सेतो दुई रङमा उपलब्ध छन् । यसमा विभिन्न साइजका इयर टिप्स दिइएका छन्, जसले प्रयोगकर्तालाई आफ्नो कानको साईजअनुसार मिलाउन मद्दत गर्छ । यसको मूल्य रु. ४,१९९ राखिएको छ र १ वर्षको वारेन्टी पनि उपलब्ध छ । थप सुविधा प्रयोग गर्नका लागि प्रयोगकर्ताले Xiaomi Earbuds  एप डाउनलोड गरेर व्यक्तिगत सेटिङहरू प्रयोग गर्न सक्छन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.