बिहीबार, बैशाख १०,२०८३ 10:17:35
Bizshala
  • बिहीबार, बैशाख १०,२०८३ 10:17:35
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नेपाल–भारत उद्योग वाणिज्य संघसँग उर्जामन्त्रीको छलफल

Bizshala
नेपाल–भारत उद्योग वाणिज्य संघसँग उर्जामन्त्रीको छलफल
Shivam Cement

काठमाण्डौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा क्षेत्र सुधारका लागि नीतिगत कामलाई प्राथमिकता दिइने बताएका छन् । नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) का पदाधिकारीहरूसँग शुक्रबार भएको छलफलमा मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रमा सम्भावनासँगै चुनौतीहरू पनि रहेको उल्लेख गर्दै सरकार नीतिगत सुधारतर्फ अग्रसर रहेको स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले ऊर्जा उत्पादनसँगै खपत रणनीतिलाई पनि समान रूपमा अघि बढाउनुपर्नेमा जोड दिइने बताए । उनले घरेलु तथा औद्योगिक मागको यथार्थ अध्ययन आवश्यक रहेको बताए । साथै मन्त्री श्रेष्ठले ऊर्जा क्षेत्रलाई उत्पादनसँग जोडेर आर्थिक विकासको आधार बनाउनुपर्ने बताए ।  

‘ऊर्जा कच्चा पदार्थ हो, यसलाई ‘प्रोडक्ट’सँग जोड्नुपर्छ,’ मन्त्री श्रेष्ठले भने, ‘सरकारको भूमिका सहजीकरण गर्ने हो यसकारण विकासमा निजी क्षेत्रलाई अग्रसर बनाउने नीति सरकारले लिएको छ ।’

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निजी क्षेत्रको सहभागी बढाउँदै बहुआयामिक दृष्टिकोणबाट ऊर्जा क्षेत्रलाई अगाडि बढाइने उल्लेख गरे । उनले उद्यमी व्यवसायीलाई समस्या मात्र होइन, समाधानसहित अघि आउन आग्रह गर्दै ‘इकोनमी डिप्लोमेसी’लाई ऊर्जा विकासको महत्वपूर्ण साधनका रूपमा प्रयोग गर्न आग्रह गरे ।  

मन्त्री श्रेष्ठले सरकार निजी क्षेत्रका चासोप्रति संवेदनशील रहेको र सुधारका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै मन्त्रालयले विद्युत् नीति ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले त्यसका लागि स्पष्ट कार्ययोजना ‘चेकलिस्ट’ सहित निजी क्षेत्रबाट सुझाव मागेका छन् ।  

ऊर्जा सुरक्षाका लागि सरकार र निजी क्षेत्रबीच स्पष्ट भूमिकासहित सहभागितामूलक मोडल आवश्यक रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले सार्वजनिक र निजी दुवै क्षेत्रमा देखिएका कमजोरी तथा गलत अभ्यास सुधार गर्नुपर्ने बताए ।  

CG Motors
Garima Development Bank
IME remit

छलफलका क्रममा निक्कीले नेपालको जलविद्युत् क्षेत्रमा सुधारका लागि नीतिगत प्राथमिकता परिवर्तन गर्नुपर्ने, लगानीमैत्री वातावरण निर्माण गर्नुपर्ने र स्वीकृति प्रक्रियालाई सरल बनाउनुपर्ने सुझाव दिएको छ । संघका अध्यक्ष सुनिल केसीले पछिल्लो दुई दशकमा अपेक्षाभन्दा कम भारतीय लगानी आएको तथ्य उल्लेख गर्दै यसले सुधारको आवश्यकता पुष्टि गरेको बताए ।  

निक्कीले परम्परागत मोडलभन्दा प्रसारण पूर्वाधार र विद्युत् व्यापारलाई प्राथमिकता दिने रणनीतिक परिवर्तन आवश्यक रहेको औंल्याएको छ ।  ऊर्जा सहकार्य विस्तारका लागि नयाँदिल्लीमा ‘नेपाल–भारत ऊर्जा फोरम’ आयोजना गर्ने प्रस्ताव पनि संघले अघि सारेको छ, जसमा दुवै देशका सरकारले सहजीकरण गर्ने र निजी क्षेत्रले लगानी गर्ने अवधारणा राखिएको छ । निक्कीले लामो समयदेखि रोकिएको विद्युत् व्यापार अनुमति अगाडि बढाउन माग गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.