मंगलवार, असार ९,२०८३ 10:40:16
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:40:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपीओएसमार्फत रणनीतिक साझेदारी

Laxmi Sunrise Bank Limited
स्मार्ट च्वाइस टेक्नोलोजिज र सिटी टेक ग्रुपबीच फिनपीओएसमार्फत रणनीतिक साझेदारी

काठमाण्डौ । स्मार्टच्वाइस टेक्नोलोजिज (यससीटी)ले सिटीटेक ग्रुप प्रालिसँग डिजिटल भुक्तानी क्षेत्र का लागि एक रणनीतिक साझेदारी गर्ने सम्झौता सम्पन्न गरेको छ । यस सहकार्यले डिजिटल भुक्तानी स्वीकार (फिनपीओएस) प्रणालीलाई अझ सुदृढ, आधुनिक तथा प्रभावकारी बनाउने दिशामा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ।

यस साझेदारी पश्चात् सिटी टेक को हार्डवेयर फिनपीओएस) मा (एससीटी)को प्लेटफर्म मार्फत भुक्तानी स्वीकार गर्ने सुविधा प्राप्त हुनेछ जसमा विभिन्न कार्ड स्किम हरु तथा डाइनामिक क्युआरका लागि स्मार्ट क्यूआर मार्फत  डिजिटल भुक्तानी लाई सपोर्ट हुनेछ ।

New Office
CG Motors
Garima Development Bank

यस साझेदारीमार्फत एससीटीको सशक्त भुक्तानी पूर्वाधारलाई सिटीटेकको नवीनतम प्रविधिसँग संयोजन गर्दै बैंक तथा व्यापारीहरूका लागि आधुनिक, सहज तथा विस्तारयोग्य डिभाइस  उपलब्ध गराइनेछ।

पीओएस अक्वाइरिङ व्यवसाय गर्न चाहने बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरु यो सेवाबाट लाभान्वित हुन सक्ने छन् । कार्ड स्किमहरुको छुट्टाछुट्टै सदस्यता ,प्रविधि मा गर्नु पर्ने लगानी तथा सुरक्षा प्रमाणीकरण गर्नु नपर्ने हुनाले ले यी संस्थाहरुका लागि यो सुविधा वित्तीय हिसाबले निकै उत्कृष्ट रहने छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

एससीटी डिजिटल भुक्तानी प्रणालीको विस्तार, पहुँच अभिवृद्धि तथा नवप्रवर्तन प्रवर्द्धन गर्न निरन्तर प्रतिबद्ध रहेको छ।  फिनपीओएससँगको साझेदारी यसै प्रतिबद्धताको एक महत्वपूर्ण कदम हो।

एससीटीले हाल २४ वटा बैंक तथा वित्तीय संस्था र १०० भन्दा बढी सहकारी संस्थाहरू मार्फत एससीटी युनियन पे कार्ड जारी गर्दै आइरहेको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.