काठमाण्डौ । HONOR ले नेपालमा आफ्नो नयाँ ‘Magic of 8’ सिरिज सार्वजनिक गरेको छ। कम्पनीले HONOR Magic 8 Pro, HONOR X8d र HONOR Pad X8b एकसाथ बजारमा ल्याउँदै प्रविधिमा नयाँ अनुभव दिने दाबी गरेको छ।
कम्पनीका अनुसार नयाँ सिरिजले शक्तिशाली प्रदर्शन (Performance), उन्नत कृत्रिम बुद्धिमत्ता (AI) र आकर्षक डिजाइनलाई एकै प्लेटफर्ममा ल्याउँदै नेपाली प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई पुनर्परिभाषित गर्ने लक्ष्य राखेको छ।
Magic 8 Pro: फ्ल्यागशिप अनुभव र 200MP क्यामेरा
नयाँ लाइनअपको प्रमुख आकर्षण HONOR Magic 8 Pro हो। यसमा 200 मेगापिक्सेलको अल्ट्रा-क्लियर क्यामेरा राखिएको छ, जसले सूक्ष्म विवरणसम्म स्पष्ट रूपमा कैद गर्न सक्षम रहेको कम्पनीको दाबी छ।
यस स्मार्टफोनमा Snapdragon 8 Elite Gen 5 प्रोसेसर र 7100 mAh क्षमताको ब्याट्री जडान गरिएको छ, जसले उच्च गति र लामो समयसम्म प्रयोग सुनिश्चित गर्ने बताइएको छ।
यसमा AI Screen Suggestions, AI Photo Agent र AI Safety जस्ता उन्नत फिचरहरू समेटिएको “HONOR AI Experience” पनि उपलब्ध छ।
यो डिभाइस प्रि-बुकिङ मूल्य रु. १,९९,९९९ मा उपलब्ध रहेको छ। साथै सीमित अवधिका लागि खरिदकर्ताले करिब रु. ३०,००० मूल्यको HONOR Pad X8b निःशुल्क पाउने अफर पनि कम्पनीले ल्याएको छ।
Pad X8b: ठूलो डिस्प्ले र शक्तिशाली ब्याट्री
HONOR Pad X8b मा ११ इन्चको Eye Comfort FullView डिस्प्ले दिइएको छ, जसले आँखामैत्री र आकर्षक दृश्य अनुभव प्रदान गर्छ।
१०,१०० mAh क्षमताको ब्याट्री र मेटल बडी डिजाइनले यसलाई टिकाउ र प्रिमियम बनाएको कम्पनीको भनाइ छ।
X8d: स्टाइलिश डिजाइनसँगै पावरफुल फिचर
HONOR X8d लाई स्टाइल र पावर चाहने प्रयोगकर्तालाई लक्षित गरी ल्याइएको छ।
-7000 mAh ब्याट्री र 45W फास्ट चार्जिङ
-108 MP क्यामेरा
-AI Button मार्फत AI Summary, Circle to Search, AI Super Zoom लगायत फिचर
-2 मिटर ड्रप रेसिस्टेन्स र IP65K वाटर रेसिस्टेन्स
यो फोन दुई भेरियन्टमा उपलब्ध छः
-8GB + 128GB : रु. ३९,९९९
-8GB + 256GB : रु. ४३,९९९
साथै, सीमित समयका लागि ग्राहकले HONOR Choice Earbuds X7e Active निःशुल्क प्राप्त गर्ने अफर पनि रहेको छ।
नेपालभर उपलब्ध
कम्पनीका अनुसार ‘Magic of 8’ सिरिज अब नेपालभरका आधिकारिक HONOR स्टोरहरूमा उपलब्ध भइसकेको छ।
यस नयाँ लाइनअपले सिर्जनाकर्ता, व्यवसायी तथा दैनिक प्रयोगकर्तालाई लक्षित गर्दै “अझ बढी शक्ति, अझ स्मार्ट AI र अझ स्टाइलिश अनुभव” प्रदान गर्ने लक्ष्य राखेको HONOR ले जनाएको छ।

