आईतवार, आश्विन २५,२०८३ 09:18:15
Bizshala
  • आईतवार, आश्विन २५,२०८३ 09:18:15
Bizshala
Global IME Bank Limited

फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

Bizshala
फरवार्ड माइक्रोफाइनान्सले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी वैशाख २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । संस्थाको चैत २६ गते बसेको सञ्चालक समितिको बैठकले १३ औं वार्षिक साधारण सभा सुनसरीको दुहवीमा रहेको दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा बिहान ११ बजेदेखि सुरु गर्ने निर्णय गरेको छ ।  

सभामा संस्थाको पूँजीवृद्धि योजना, सेयर स्वामित्व अनुपात परिवर्तन गर्ने र अन्य वित्तीय संस्थाहरुलाई गाभ्नेरगाभिने तथा प्राप्ती गर्ने प्रयोजनका लागि उपयुक्त लघुवित्त संस्थाहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्ने र आबश्यक कार्य अगाडी बढाउन सञ्चालक समिति वा समितिले तोकेको व्यक्तिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गरिनेछ ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत गरिने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८२ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त आव २०८१/८२ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सम्बन्धित अनूसुचिहरुमाथि छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८२/८३ को कारोबारको लेखापरीक्षण गर्नका लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

साधारण सभा प्रयोजनका लागि संस्थाले वैशाख ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ वैशाख ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै संस्थाको सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.