काठमाण्डौ । आज सेयरबजारमा ८ अर्ब ६६ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज सर्वाधिक कारोबार गर्ने टप १० ब्रोकर कम्पनीमा ७ वटाबाट उच्च खरिद माग भएको छ भने ३ वटाबाट मात्रै उच्च बिक्री भएको छ ।
उच्च खरिद गर्ने ब्रोकरहरमा नासा सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज, अनलाइन सेक्युरिटिज, त्रिशक्ति सेक्युरिटिज, डायनामिक मपन म्यानेजर्स, एबीसी सेक्युरिटिज र सन सेक्युरिटिज रहेका छन् ।
त्यस्तै, उच्च बिक्री गर्ने ब्रोकरहरुमा सनि सेक्युरिटिज, भिजन सेक्युरिटिज र आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज रहेका छन् ।
आज सर्वाधिक कारोबार गर्ने ब्रोकरमा नासा सेक्युरिटिज रहेको छ । यो ब्रोकरबाट आज मात्रै १ अर्ब ४५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । जसमा ५२.६९ प्रतिशत सेयर खरिद भएको छ भने ४७.३१ प्रतिशत सेयर बिक्री भएको छ ।


