बिहीबार, श्रावण २१,२०८३ 06:25:02
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 06:25:02
Bizshala
Global IME Bank Limited

सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सुरु

सेवाग्राहीको घरमै राहदानी पुर्याउने सेवा सुरु
New Office

काठमाण्डौ । मकवानपुर जिल्ला प्रशासन कार्यालयले हुलाक सेवामार्फत राहदानी सिधै सेवाग्राहीको घरमै पुर्याउने सेवा सुरु गरेको छ ।  

योसँगै अब हेटौंडामा बसोबास गर्ने सेवाग्राहीहरूले राहदानी लिन जिल्ला प्रशासन कार्यालय धाउनु पर्ने झन्झटबाट मुक्ति पाएका छन् ।  

आज हुलाक कार्यालय मकवानपुरले हेटौंडा उपमहानगरपालिका–४ स्थित कपुर कम्प्लेक्स नजिक बस्ने २२ वर्षीय निश्चल मानन्धरको घरमै पुगेर राहदानी हस्तान्तरण गरेको हो । उक्त कार्यका लागि हलकारा, हुलाक कार्यालयका प्रमुख तथा जिल्ला प्रशासन कार्यालयका कर्मचारीसमेत उपस्थित भएका थिए ।

जिल्ला प्रशासन कार्यालयले पहिलो चरणमा ५० वटा राहदानी हुलाकमार्फत वितरणका लागि पठाएको छ, जसलाई आजै सबै सेवाग्राहीका घरमा पु¥याउने लक्ष्य राखिएको जनाइएको छ ।  

सरकारले सर्वसाधारणलाई घरमै सेवा उपलब्ध गराउने उद्देश्यअनुसार जिल्ला प्रशासन कार्यालय हेटौंडाको समन्वयमा यो कार्यक्रम सुरु गरिएको हो । यसले सेवाग्राहीको समय र श्रम दुवै बचत गर्नुका साथै राहदानी वितरणलाई अझ प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.